MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

चीन–पास्कितान आर्थिक करिडोर अफगानिस्तानसम्म बिस्तार गर्ने सहमति

पुस १२ – चीन–पाकिस्तान आर्थिक करिडोरलाई अफगानिस्तासम्म पनि बिस्तार गर्ने विषयमा तीन देशबिच सकारात्मक छलफल भएको छ । बेइजिङमा भएको बैठकमा चीन–पाकिस्तान आर्थिक करिडोरमा अफगानिस्तानलाई पनि सहभागी गराउने विषयमा तीनै देशका विदेशमन्त्री सहमत भएको चीनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बैठकले करिडोरमा अफगानिस्तानलाई पनि सहभागी गराउने विषयमा आउँदो जुन महिनामा त्रिपक्षीय संयन्त्र बनाउने सहमति जुटाएको हो ।

क्षेत्रीय सम्पर्कलाई बढाउन तथा गरिबी अन्त्य गर्न यो करिडोले महत्वपुर्ण भूमिका खेल्नमा तीनै देशका परराष्ट्रमन्त्री सहमत भएको र यसले क्षेत्रीय एकतामा पनि टेवा पुग्ने चीनका विदेशमन्त्री वाङ यीले जानकारी दिनुभयो । ३ हजार किलोमिटर लामो यो सञ्जालले २१ औँ शताब्दीको रेशम मार्ग अर्थात सिल्क रोड परियोजनालाई पनि छुनेछ ।

यो सहमतिले भारत चिढिनसक्ने अनुमान भइरहेका बेला चीनका विदेशमन्त्री यी ले भने परियोजना विशुद्ध क्षेत्रीय विकासको लागि भएकाले यसलाई राजनितिकरण नगर्न आग्रह गर्नुभएको छ । यो परियोजना कुनै अर्को देशलाई लक्षित गरेर सुरु नगरिएको भन्दै उहाँले यसले समग्र क्षेत्रीय विकासमा टेवा पुग्ने दाबी गर्नुभयो ।  

भारतले भने चीन पाकिस्तान आर्थिक करिडोरको विरोध गर्दै आएको छ । यो सञ्जालमा  भारत र पाकिस्तानबिचको विवादीत भूमि पनि पर्ने भएकाले यो परियोजना आफ्नो सम्प्रभुताविरुद्ध भएको भारतको दावी छ । भारतले अफगानिस्तानलाई आफ्नो सच्चा मित्र मान्दै आएको छ । तर चीनले आफ्नो परियोजनामा अफगानिस्तानलाई समावेश गराउन थालेपछि भारतको कुटनीति असफल हुन थालेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया