राजनीति
राप्रपाले बालायो आकस्मिक बैठक
- Wednesday, Dec 27, 2017
- 20:19 PM ( 4 months ago )
- Total Views: 1.8 K
काठमाडौं, पुस १२ – राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावको समीक्षा गर्न यही पुस १९ गते केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक काठमाडौंमा बोलाएको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धुम्रबाराहीमा बुधबार बसेको केन्द्रीय पदाधिकारी तथा मन्त्रीहरुको संयुक्त बैठकले फागुनको दोस्रो साता केन्द्रीय परिषद् बैठक गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।
देशभरबाट १४१ केन्द्रीय सदस्य सहभागी हुने बैठकले वैचारिक, सांगठनिक दृष्टिकोणमाथि छलफल गरी भावी कार्यनीति तय गर्ने जनाइएको छ ।
पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पार्टीले विविध कार्यक्रम गरी मनाउने निर्णयसमेत गरेको छ । पुस १४ गते स्वर्गीय राजा वीरेन्द्रको बहुआयामिक व्यक्तित्वबारे काठमाडौंमा एक गोष्ठी पनि गरिने भएको छ । रासस
सम्बन्धित सामग्रीहरु
-
‘मेयर साब’ भन्दै बोलाएर श्रेष्ठमाथि सांघातिक आक्रमण
भक्तपुर, वैशाख ८ – मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि शनिबार सांघातिक आक्रमण भएको छ ।
-
एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
काठमाडौं, वैशाख ८ – नेकपा एमालेका स्थायी कमिटी सदस्य केशव बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाउनुभएको छ ।
-
केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे चीनसँग छलफल
काठमाडौं, वैशाख ८ – नेपाल र चीनबीच केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे छलफल भएको छ ।
-
संगीतकार र कलाकारलाई रोयल्टी दिलाउन सहयोग गर्छु : प्रचण्ड
काठमाडौं, वैशाख ८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संगीतकार र कलाकारले रोयल्टी दिलाउन सहयोग गर्ने बताउनुभएको छ ।
-
मोदी वैशाख अन्तिम हप्ता नेपाल आउने !
काठमाडौं, वैशाख ७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख अन्तिम हप्ता नेपालको भ्रमण गर्ने सम्भावना बढेको छ ।
-
डोटी जीप दुर्घटना (अपडेट) : घाइतेमध्ये ४ जनालाई नेपालगञ्ज रिफर गरियो
डोटी, वैशाख ८ – डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
- ‘मेयर साब’ भन्दै बोलाएर श्रेष्ठमाथि सांघातिक आक्रमण
- राति ११ बजेसम्म काठमाडौंमा पर्यटक हिँड्ने वातावरण बनाइनुपर्छ : मन्त्री अधिकारी
- दक्षिण एसियाली जुडो च्याम्पियनसिप : नेपालले जित्यो एक स्वर्ण, चार स्वर्णसहित भारत अग्रस्थानमा
- आईपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको टार्गेट
- संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वार्टरफाइनलमा
- उद्दारलाई प्राथमिकता, गलत काम गर्नेलाई कानुनी उपचार : नेपाली दूतावास युएई
- डोटीमा जीप दुर्घटना : ३ को मृत्यु, १६ जना गम्भीर घाइते
- एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
- एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
प्रतिक्रिया दिनुहोस