MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

ट्रम्पको चुनावी अभियानका पूर्व व्यवस्थापकमाथि यौनदुर्व्यवहारको आरोप

पुस १३ – अमेरिकी गायिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रचार अभियानका व्यवस्थापकले आफूमाथि यौनदुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।गायिका जोय भिल्लाले ट्रम्पको चुनावी अभियानका पूर्व व्यवस्थापक कोरी लेवान्डोस्कीले आफूमाथि यौनदुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । गएको महिना वाशिङ्टनमा भएको एक कार्यक्रममा लेवान्डोस्कीले आफ्नो शरीरको पछिल्लो भागमा दुईपटक हिर्काएको भिल्लाले बताएकी छन् ।

आफू पहिले चुप बसेको र अहिले साथीहरुले हिम्मत दिएपछि आफूमाथि भएको यौनदुर्व्यवहारको बारेमा खुलेर बोलेको भिल्लाले अमेरिकी सञ्चारमाध्यमसँग बताएकी छन् । लेवान्डोस्कीले आरोपका बारेमा केही बताएका छैनन् ।

सेलिब्रेटी, राजनीतिज्ञ तथा विभिन्न ठूला कम्पनीमा हुने गरेका यौनदुर्व्यहारका घटना बाहिर आउने क्रम मध्येको यो पछिल्लो घटना हो । विशेष गरी हलिउड निर्माता हार्बी वाइनस्टिनमाथि विभिन्न अभिनेत्रीले यौनदुर्व्यवहारको आरोप लगाएपछि यस्ता घटना बाहिर आउन सुरु भएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया