MENU

राजनीति

Ncell Axiata

रोल्पा : गाउँपालिकाको नाम फेरियो, माओवादी बाहेकका दल र गाउँलेको विरोध

माधवकुमार ओली/उज्यालो ।

रोल्पा, पुस १३ – गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय बासिन्दाको विरोधकाबिच रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम ‘शहीद सुनिल स्मृति गाउँपालिका’ नामाकरण गर्ने प्रस्ताव गाउँपालिकाको दोस्रो गाउँसभाले पारित गरेको छ ।

पुस ७ गतेको गाउँपालिकाको बैठकमा नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरिएपछि विरोध हुन थालेको थियो । तर कडा सुरक्षाकाबिच दोस्रो गाउँसभा बुधबार बेलुका अबेर गाउँपालिकाको नाम फेर्ने प्रस्ताव पारित गरी सकिएको थियो । ४४ सदस्यीय गाउँसभामा १९ जनप्रतिनिधिले नाम परिवर्तनको निर्णयमा असहमति जाहेर गरेका छन् ।

बहुमतको दम्भ देखाउँदै गाउँपालिकाको नाम परिवर्तन गर्न खोजिएको भन्दै ४ नम्बर वडाका अध्यक्ष गञ्ज क्षेत्रीको नेतृत्वमा जनप्रतिनिधिले दिनभर सुलिचौरमा विरोध प्रदर्शन गरेका थिए । सभा कक्षमै असहमति राख्ने जनप्रनिधिले ‘गाउँपालिकाको नाम फेर्न पाईँदैन, बहुमतको दम्भ देखाउन पाईँदैन, गाउँपालिको नाम परिवर्तन गर्ने निर्णय मान्दैनौं’ लगायतका नारा लगाएका थिए ।

स्थानीय बासिन्दा र माओवादी केन्द्र बाहेक अन्य दलका नेता कार्यकर्ताले पनि गाउँसभाको बाहिर विरोध प्रदर्शन गरेका थिए । एक नगरपालिका र ९ गाउँपालिका रहेको रोल्पामा ७ वटामा माओवादी, २ वटामा एमाले र एकमा कांग्रेसले जितेको थियो ।

माओवादीले जितेका गाउँपालिकामा सशस्त्र द्वन्द्वको क्रममा निधन भएका व्यक्तिको नामबाट गाउँपालिकाको नाम राख्न थालेपछि विरोध भएको हो । जिल्लाको सुकिदह गाउँपालिकाको नाम ‘गंगादेव’ र दुईखोली गाउँपालिकाको नाम ‘परिवर्तन’ नामाकरण गर्ने प्रस्ताव आएपछि त्यहाँ पनि विरोध भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया