MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

अब बाह्रै महिना सयपत्री फुलाउन सकिने, निर्यात बढाउन उद्योग स्थापना गरिँदै

काठमाडौं, पुस १३ – सयपत्री फूलको निर्यात बढाउन पिगमेन्ट उद्योग स्थापनाका लागि परीक्षण सुरु भएको छ । तराईका तीन, पहाडका पाँच र उच्च हिमालका दुई गरी १० जिल्लामा उद्योग स्थापनाका लागि परीक्षण थालिएको फ्लोरिकल्चर एशोसिएसन अफ नेपालले जनाएको छ ।

एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार उद्योग स्थापनाको परीक्षण अन्तिम चरणमा पुगेको छ । यो परीक्षण पछि अनुकुल देखिने ठाउँमा उद्योग खोलिने उहाँले बताउनुभयो । यद्योग स्थापनापछि फूलको पत्रमा हुने पाउडर निर्यात गरिनेछ । फूलबाट निस्कने यो पाउडर नेपालले चीनलाई निर्यात गर्नेछ ।

नेपालमा चीनकै सहकार्यमा उद्योग स्थापना गर्न  लागिएको हो । यस्तै सयपत्री फूल अब बाह्रै महिना फुलाउन सकिने भएको छ । अहिलेसम्म सिजनमा दुई ३ महिना मात्रै उत्पादन हुने गरेको सयपत्री अब बाह्रै महिना फुलाउन सकिने एसोसिएसनका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

काभ्रेमा गरिएको परीक्षणले सयपत्री जतिबेला पनि  फुलाउन सकिने देखिएको हो । बाह्रै महिना सयपत्री फूल फुलाउन लगानीको खोजीका लागि अहिले व्यवसायीलाई एसोसिएसनले तालिम दिन थालेको छ । माग बढ्दै गए पनि त्यही अनुसारको उत्पादन नहुँदा अहिले वार्षिक १० करोड रुपैयाँ भन्दा धेरैको फूल आयात भइरहेको छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • रेन्बो ट्राउट उत्पादन केन्द्र बनाइने

    खोटाङ, माघ ४ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले रेन्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउने तयारी गरेको छ ।

  • हिउँदे वर्षा नहुँदा प्रदुषण बढ्यो

    काठमाडौं, माघ ४ – हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदुषण बढेको छ । मंसिर १५ देखि अहिलेसम्म काठमाडौंमा जम्मा शून्य दशमलव १ मिलिमिटर मात्र पानी परेको परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलका अनुसार जनवरी महिनाभरिमा १० दशमलव ४ मिलिमिटर पानी पर्नुपर्ने हो ।

  • ​गुल्मीमा सुन्तला उत्पादन घट्याे

    गुल्मी, माघ २ – गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

  • मौसमविद् भन्छन् : अब चिसो हुँदैन

    काठमाडौं, माघ २ – पुसको अन्तिम साता ह्वात्तै बढेको चिसो माघ महिना लागेसँगै घटेको छ । अधिकतम र न्यूनतम तापक्रममा बृद्धि आएपछि उपत्यका तातो बन्दै गएको छ । उपत्यकामा पुसको अन्तिम साता न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

  • ​विषादीको कारण मौरी मर्न थालेपछि सर्लाहीका मौरीपालक किसान मर्कामा

    सलाही, पुस ३० -तोरीमा लाग्ने लाइकीरा मार्न प्रयोग गरिएको रसायनिक विषादीको प्रयोगबाट सर्लाहीमा धमाधम मौरी मर्न थालेको छ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया