राजनीति
राष्ट्रियसभाको गठन एकल संक्रमणीय प्रणालीबाटै हुने सम्भावना
- Thursday, Dec 28, 2017
- 13:39 PM ( 4 months ago )
- Total Views: 6.4 K
काठमाडौं, पुस १३ –दलहरुबीच पछिल्लो समय देखिएको गतिरोध प्याकजेमै सहमति गरेर अन्त्य हुने देखिएको छ ।
बिहीबार बसेको मन्त्रीपरिषदको बैठकमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा पनि छलफल भएको छ । आइतबार बस्ने मन्त्रीपरिषदको बैठकले सबै दलको सहमतिमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
त्यस्तै, राष्ट्रियसभाको गठनसम्बन्धी अध्यादेश पनि सरकारको सिफारिस अनुसार नै जारी हुने सम्भावना देखिएको छ । बिहीबार बिहान मात्रै राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटघाट भएको थियो । उहाँहरुको भेटघाटमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे छलफल भएको बताइन्छ ।
प्रचण्ड सुरुदेखि नै एकल संक्रमणीय पद्वतिप्रति लचक देखिँदे आउनुभएको छ । बुधबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच विशेष भेटवार्ता भएको थियो । त्यसकारण पनि बिहीबारको राष्ट्रपति र माओवादी अध्यक्ष प्रचण्डबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पछिल्लो समय राष्ट्रियसभाको गठन बहुमतीय कि एकल संक्रमणीय पद्धतिबाट गर्ने भन्ने विषयमा दलहरुबीच विवाद देखिएको छ ।
सम्बन्धित सामग्रीहरु
-
कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
सुर्खेत, वैशाख ११ – कर्णाली प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममाथि मंगलबारदेखि छलफल सुरु भएको छ ।
-
एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
काठमाडौं, वैशाख ११ – नेकपा एमालेका महासचिव तथा रक्षा मन्त्री इश्वर पोखरेलले एमाले–माओवादी पार्टी एकताबाट कोही भाग्न नहुने बताउनु भएको छ ।
-
विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
मकवानपुर वैशाख ११ – तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशको विकासका लागि एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
-
आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
भक्तपुर, वैशाख ११ – नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव एवं नेता कृष्णगोपाल श्रेष्ठले गएको शनिबार मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आग्रह गर्नुभएको छ ।
-
पार्टी एकतापछि पछुताउनुभन्दा अगाडि नै समय लिनु राम्रो : प्रचण्ड
चितवन, वैशाख ११ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरण गर्ने मिति वैशाख १४ गते तोकिने बताउनुभएको छ ।
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
- कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
- एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
- गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
- विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
- हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
- विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
- घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
- आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
- चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
प्रतिक्रिया दिनुहोस