MENU

राजनीति

नेपालगञ्जमा अबदेखि इ–सुशासन

नेपालगन्ज, पुस १३ –सार्वजनिक काममा सहजता ल्याउन नेपालगन्ज उपमहानगरपालिकाले एप्सको विकास गरेको छ । रकलाई सहज र सरल ढंगले सेवा सुविधा प्रदान गर्न उपमहानगरपालिकाले सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व विकास गर्दैछ ।

अबदेखि घरमै बसेर मोबाइलमार्फत योजनाको गुनासो गर्न सक्ने गरी एप्सको विकास गरिएको छ । उप–महानगरपालिकाले निर्माण गरिरहेको एप्स औपचारिक प्रक्रिया पुर्‍याएर छिट्टै सञ्चालन गर्ने तयारी गरिएको छ । आगामी मार्चपछि एप्स सार्वजनिक हुनेछ । एप्समार्फत उप–महानगरपालिकामा सञ्चालित सबै योजनाहरुको बारेमा जानकारी पाइनेछ ।

यसैगरी सडक बिग्रेमा, गुणस्तरमा चित्त नबुझेमा  एप्समार्फत गुनासो गर्न सकिने व्यवस्था गरिएको उप–महानगरपालिकाका सूचना प्रविधि अधिकृत घनश्याम बर्माले जानकारी दिनुभयो । अहिले एप्सको नामका विषयमा छलफल चलिरहेको छ । त्यसबाट घटना दर्ताको टोकन  लिन र गुनासो टिपाउन सकिन्छ । इ–सुशासन भएपछि अहिले सञ्चालन भइरहेका कार्यक्रम समेत प्रभावकारी हुने उप–महानगरपालिकाको अपेक्षा छ ।

उपमहानगरपालिकाले इ–सुशासनमा विशेष ध्यान दिन थालेको पाइएको छ । टोल फ्रि नम्बर समेत सञ्चालनमा ल्याइएको छ । १६६०८१५२०५२ नम्बरको टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया