मनोरञ्जन
अब बलिउडमा सेक्स र शाहरुख बिक्दैनन्, स्क्रिप्ट बिक्छ
- Thursday, Dec 28, 2017
- 15:30 PM ( 4 months ago )
- Total Views: 11.8 K
काठमाडौं, पुस १३ –बलिउड नायिका नेहा धुपियाले सन् २००४ मा डेब्यू फिल्म ‘जूली’ मा अंगप्रदशर्न गर्दै भनेकी थिइन्, ‘बक्स अफिसमा सेक्स र शाहरुख बिक्छन् ।’
तर नोभेम्बर २०१७ मा जब ‘जूली २’ रिलिज भयो, राय लक्ष्मीको उत्तेजक दृश्यका लागि दर्शकले टिकट काटेनन् ।
नेहा आफैले पनि ‘जूली २’ प्रस्ताव अस्वीकार गरेकी थिइन् । सन् २०१३ मा धुपियाले आफ्नो पुरानो मान्यतालाई संशोधन गर्दै बलिउडमा सेक्स र शाहरुखका साथै स्क्रिप्ट पनि बिक्ने बताएकी थिइन् ।
सन् २०१७ सकिन लाग्दा लाग्दा बलिउडमा यस्तो परिस्थिति सिर्जना भएको छ कि बक्स अफिसमा न त शाहरुख बिकेका छन् न सेक्स । अहिले उत्कृष्ट स्क्रिप्ट बिकिरहेको छ । दर्शकको रुचीमा परिवर्तन आएको छ । चलचित्रमा सेक्स स्टेडियमबाट सिक्सरका लागि बाहिरिएको बल जस्तै भएको छ ।
पछिल्लो दुई तीन वर्षमा कामुक दृश्य उत्तेजक कथानक वाला चलचित्रले दर्शक तान्न सकेका छैनन् । केबल चुम्बन र बेडसिनले चलचित्र चलाउने बिपाशा बसु, मल्लिका शेरावत र इमारान हाश्मी आज स्टारडमको रेसबाट बाहिर छन् । यौन कुण्ठा वाला सी–ग्रेड चलचित्रलाई उत्कृष्ट छायांकन, मधुर प्रकाश र संगीतको माध्यमले ‘राज’, ‘मर्डर’ तथा ‘जिस्म’ जस्ता चलचित्र बनाएका भट्ट क्याम्पको यौन केन्द्रित चलचित्र ‘मर्डर ३’, ‘खामोशियां’ र ‘लभ गेम्स’ पनि चल्न सकेनन् ।
एकता कपूरको ‘क्या कूल हे हम’ पछिल्ला दुई श्रृङ्खला पनि बक्स अफिसमा जम्न सकेनन् । इन्द्र कुमारको ‘ग्रेट ग्र्यान्ड मस्ती’ ले पनि बक्स अफिसमा सफलता पाउन सकेन । त्यसो त ‘हेट स्टोरी’ को तेस्रो सिरिज चल पनि यसका निर्माता चौथो श्रृङ्खला बनाउन जोखिम लिएका छैनन् । विशाल पंड्याको इरोटिक थ्रिलर ‘वजह तुम हो’ पनि पूरै फ्लप भयो ।
पछिल्ला समय आनन्द महादेवनको ‘अक्सर २’ जरीन खानको पारदर्शी, उत्तेजक वस्त्र, चुम्बन तथा कामुक दृश्यका बाबजस्द पनि असफ सावित भयो । अब त चलचित्रमा आइटम डान्स पनि फिक्का हुन थालेको छ । चलचित्रमा नभै नहुने तत्वका रुपमा रहेको आइटम डान्सलाई अहिले निर्देशकले वास्ता गर्दैनन् । मलाइका अरोडा, याना गुप्ता, मुमैथ खान, राखी शावन्तबाट सुरु भएको आइटम नृत्यले यति लोकप्रियता पायो कि प्रियंका चोपडा, कैटरीना कैफ, बिपाशा बसु तथा करीना कपूर जस्ता स्टार अभिनेत्री पनि उत्तेजक नृत्य गर्न हिचकिचाएनन् ।
उत्तेजक दृश्य तथा सेक्स केन्द्रित कहानी वाला चलचित्रका दिन गए जस्तो छ । यसको मुख्य कारण समाजको परिवर्तित सोच पनि हुन सक्छ । पछिल्लो समय महिलाविरुद्धका हिंसामा बनेका चलचित्र तथा आइटम नृत्यमा लगातार प्रश्न उठिरहेको छ । सेन्सर बोर्डले समेत महिला विरोधी, अश्लील, द्वीअर्थी, आपत्तिजनक शब्द, संवाद र दृश्यमा कडाई गरेको छ । राम्रो विषयवस्तु भएको कम बजेटको चलचित्रले पनि दर्शक तानेको छ ।
फिल्म इन्डस्ट्रीमा लागेका व्यक्तिहरुको सोचमा पनि परिर्वतन आएको छ । आफ्नै प्रोडक्सन हाउसको चलचित्रमा ‘चिकनी चमेली’, ‘मेरा नाम मेरी’ जस्ता आइटम नृत्य राखेका करण जोहरले पनि स्वीकार गरेका छन्, ‘नायिकालाई वस्तुजस्तै गरी पेश गर्ने परम्परा बन्द हुनुपर्छ । जब हामी एक महिलाले नृत्य गर्ने र चारैतर्फबाट सयौं पुरुषले घेर्ने परम्पराले समाजमा गलत उदाहरण प्रस्तुत गर्दछ । मबाट पनि गल्ती भएका छन् । भविष्यमा गल्ती गर्ने छैन ।’
सेक्सप्रधान चलचित्रबाट दर्शक भागिरहेको अवस्थामा यो पनि सत्य हो कि यदि स्क्रिप्ट राम्रो छ भने गम्भीर यौन विमर्श भएका चलचित्र चल्दछन् । सन् २०१७ मा आएको अलंकृता श्रीवास्तवको ‘लिपस्टिक अन्डर माई बुर्का’ यसको एक गतिलो उदाहरण हो ।
–(हिन्दी म्यागेजीन आउटलुकमा विवेक श्रीवास्तवको लेखको सम्पादित अंश)
सम्बन्धित सामग्रीहरु
-
सलमानको प्रेमिका बन्दैछिन् मौनी रोय
वैशाख ६ – सलमान खान अभिनित पछिल्ला फिल्महरुमध्ये ‘ट्यूबलाइट’ बाहेक हरेक फिल्म सुपरहिट भएका छन ।
-
रुन्चे गायक प्रकाश पौडेलको ‘खुचिङ’ सार्वजनिक
वैशाख ६ – रुन्चे गायक प्रकाश पौडेलको (खुचिङ) बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
-
६९ लागे मदनकृष्ण, यो वर्ष काटिने छैन केक
काठमाडौं, वैशाख ४ – तिथिअनुसार हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ ।
-
‘लिलिबिली’ पाइरेसीको मारमा, आयो फेसबुकमा
काठमाडौं, वैशाख ५ – मिलन चाम्सको निर्देशन रहेको सिनेमा ‘लिलिबिली’ पाइरेसीको मारमा परेको छ ।
-
प्रियंकालाई सलमानले जिस्काउँदै भने, ‘हाम्रो फिल्म हिन्दी हो’
वैशाख ५ – अमेरिकाबाट भारत फर्किरहेकी प्रियंकालाई सलमानले जिस्किाउँदै भने ‘हाम्रो फिल्म हिन्दी हो ।’
-
आगोले जलेर नष्ट भएको प्रदीपको घर कोरियामा रहेका युवाले बनाइदिने
काठमाडौं, वैशाख ६ – सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ९ घाटगाउँमा फागुन २९ गते आगलागी हुँदा जलेर नष्ट भएको प्रदीप नेपालीको घर दक्षिण कोरियामा रहेका युवाहरुले निर्माण गरिदिने भएका छन् ।
- पारस खड्का भन्छन् : आज एकदमै खुशी छु, विगतमा जे भए पनि अब राम्रै हुनेछ
- कम्प्युटर सिक्दै वडा अध्यक्ष र उपाध्यक्ष
- मानव बेचविखनको अभियोगमा पक्राउ परेका वडाध्यक्षलाई रिहा गर्न सर्वोच्चको आदेश
- पार्टी एकताका बारेमा ओली–प्रचण्डबीच छलफल
- नातिनी बलात्कार गर्नेलाई ९ वर्ष जेल
- ‘प्रयास नेपाल’का बालबालिकालाई हिमालयन एयरलाइन्सको सहयोग
- आयोजक माईभ्यालीले कास्की ११ लाई ३–२ ले हरायो
- क्यानकाे विधान जस्ताको त्यस्तै पारित : निलम्बन फुकुवा हुने सम्भावना बढ्यो
- ग्यालेक्सी एस नाइन वैशाख १० देखि नेपालभर
प्रतिक्रिया दिनुहोस