MENU

राजनीति

ujyaalo forign call inside

मतदानबाट टुंग्याइयो गाउँपालिकाको केन्द्र

खोटाङ, पुस १३ –खोटाङको दिप्रुङ गाउँपालिकाको केन्द्र र नामको विवाद हल गर्नका लागि बिहीबार चुनाव गरिएको छ ।

गाउँपालिकाको केन्द्र दिप्रुङ गाउँपालिका –५ तृतिया भञ्ज्याङमा राख्ने वा दिप्रुङ गाउँपालिका –५ कै याङ्शोलाटार राख्ने भन्ने विषयमा विवाद चुलिएपछि गाउँपालिकाको गाउँसभाले चुनावका माध्यमबाट गाउँपालिकाको केन्द्र टुंगो लगाएको हो ।

चुनावले दिप्रुङ गाउँपालिकाको केन्द्र याङशोलाटार बनाउने र नाम दिप्रुङ चुइचुम्मा गाउँपालिका राख्ने टुंगो लगाएको छ । चुनावमा तृतिया भञ्ज्याङ केन्द्र बनाउने पक्षमा १७ मत र याङशोलाटार केन्द्र बनाइनुपर्ने पक्षमा १८ मत खसेको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । चुनावमा ३६ मध्ये ३५ जनाले भाग लिएका थिए ।

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले दिप्रुङ गाउँपालिकाको केन्द्र दिप्रुङ गाउँपालिका –५, को तृतिया भञ्ज्याङमा बनाउन सिफारिस गरे अनुरुप कार्यालय स्थापना भए पनि गाउँपालिकाको केन्द्र छेउमा बनाएको भन्दै डाँडागाउँ, टेम्मा र याम्खालगायतका स्थानीयले विरोध गर्दै आएका थिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया