MENU

अन्तर्राष्ट्रिय

​काबुलमा आत्मघाती आक्रमणमा ४० जनाको मृत्यु

पुस १३ –अफगानिस्तानको काबुलमा आत्मघाती वम विस्फोट हुँदा ४० जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन् ।

काबुलस्थित सिया मुसलमानहरुको सांस्कृतिक तथा धार्मिक संस्था नजिकै विस्फोट गराइएको बीबीसीले जनाएको छ ।

विस्फोटको जिम्मा अहिलेसम्म कसैले नलिए पनि इस्लामिक लडाकु संगठन आइएसले विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।

तालिवानले घटनामा आफ्नो संलग्नता नरहेको भन्दै विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

एक सरकारी अधिकारीका अनुसार तबायन सांस्कृतिक केन्दैलाई लक्षित गरी विस्फोट गराइएको हो । त्यहाँ कार्यक्रम हुँदै गर्दा विस्फोट भएको बीबीसीले जनाएको छ ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया