MENU

अर्थ

ujyaalo forign call inside

तेस्रो गुल्मी महोत्सव चैतको दोस्रो सातादेखि सुरु हुने

जनार्दन घिमिरे/उज्यालो ।

 
गुल्मी, पुस १३ – गुल्मीको सदरमुकाम तम्घासमा चैतको दोस्रो साताबाट तेस्रो गुल्मी महोत्सव सञ्चालन हुने भएको छ । कृषि, पर्यटन, उद्योग र व्यापार प्रर्वदन गर्ने उद्देश्यले गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा चैत्र १६ देखि २५ गतेसम्म महोत्सव संचालन हुने भएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताउनु भएको छ ।
 
गुल्मी उद्योग वाणिज्य संघले यस अघि  फागुन ३ गतेदेखि महोत्सव गर्ने निर्णय गरेपनि विशेष कारणबस तोकिएको समयमा महोत्सव संचालन गर्न नसकेपछि मिति सारिएको संघका महासचिव तारा भुसालले जानकारि दिनुभयो । महोत्सवको व्यवस्थापनका लागि २६ वटा उपसमितिहरुको गठन गरिएको भुसालले बताउनु भयो ।
 
दश दिनसम्म सञ्चालन हुने महोत्सवबाट कृषि, घरेलु उद्योग, कला संस्कृति साथै रुरु रेसुंगा, कंके देउराली, मुसिकोट दरवार, कुर्घा मालिका, स्वाँराको गुरुङ होमस्टे, शान्तिपुरको टिमुरे तालसहितका पर्यटकीय क्षेत्रहरुको प्रर्वद्धन र प्रचारप्रसार गर्नु मुख्य उद्धेश्य रहेको वाणिज्य संघले जनाएको छ ।
 
गुल्मी उद्योग वाणिज्य संघले विगतमा प्रत्येक दुई वर्षको अन्तरालमा महोत्सव गर्दै आएको थियो । महोत्सवमा विशेषगरी कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामिक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूले प्राथमिकता पाउँदै आएका छन् ।
 
यस अघि दोस्रो गुल्मी महोत्सवमा २०७१ मा ‘गुल्मी जिल्लाको समग्र विकासको आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ २२ फागुनदेखि ३० सम्म दोस्रो महोत्सव सम्पन्न गरिएको थियो ।
 
त्यस महोत्सवमा एक करोड ६४ लाख सात हजार छ सय ६३ रुपैयाँ आम्दानी भएको थियो । महोत्सवमा भएको खर्च कटाएर ३६ लाख ९७ हजार ३ सय ९६ रुपैयाँ बचत भएको थियो । महोत्सवमा आम्दानी भएको रकमबाट संघले सदरमुकाम तम्घासमा सुविधासम्पन्न सभाहल समेत निमार्ण गरेको छ । 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया