MENU

मनोरञ्जन

बलिउडका सुपरहिट ३ फिल्म, ‘बाहुबली –२’ नम्बर एक

काठमाडौं, पुस १३ –सन् २०१७ बलिउड इन्डस्ट्रिजका लागि त्यति सुखद रहेन ।

यो वर्ष धेरै ठूला ब्यानरमा बनेका ‘जब ह्यारी मेट सेजल’, ‘ट्यूबलाइट’ ‘बादशाहो’ जस्ता फिल्महरुले बक्स अफिसमा खराव प्रदर्शन गरे ।  तर केही ठूला ब्यानरका फिल्मले रिलिज भएको १/२ दिनमै यति धेरै कमाई गरे, जुन अपेक्षा गरिएको थिएन ।

बक्स अफिसमा धेरै कमाउनुका अलावा यी फिल्मका ट्रेलर तथा गीतले समेत नयाँनयाँ कीर्तिमान पनि बनाए । सन् २०१७ मा नयाँ कीर्तिमान राख्दै बलिउडमा सुपरहिट हुन सफल  ३ फिल्मका बारेको चर्चा गरौं : 

चार सय र पाँच सय करोड कमाउने पहिलो फिल्म  

निर्देशक एस.एस. राजामौलीको ऐतिहासिक फिल्म ‘बाहुबली २’ ले लगभग बलिउड बक्स अफिसको यसअघिका सबै रेकर्ड तोडेको छ । साउथको फिल्म भएर पनि यसको हिन्दी भर्सनले ५ सय ११ करोडको कमाई ग¥यो । यसै कारण बाहुबली २ ले ४०० र ५०० करोड कमाउने फिल्मको पहिलो नम्बरमा आफ्नो नाम लेखाउन सफल रह्यो ।  

२४ घण्टामा सबैभन्दा धेरै पटक हेरिएको ट्रेलर

सलमान खान र कटरीना कैफको फिल्म ‘टाइगर जिन्दा हे’ को ट्रेलरलाई  सार्वजनिक गरिएको २४ घण्टामा २९ मिलियन पटक हेरिएको थियो । यस भन्दा अगाडिका सम्पूर्ण फिल्मका ट्रेलरले राखेको कीर्तिमानलाई तोड्दै ‘टाइगर जिन्दा हे’ को ट्रेलर बन्यो सबै भन्दा धेरै हेरिएको ट्रेलर ।

पहिलो हप्तामा सर्वाधिक कमाइ गर्ने फिल्म 

प्रभास र राणा दग्गुबतीको फिल्म ‘बाहुबली २’ एक मात्र यस्तो फिल्म हो जसले रिलिज भएको तीन दिनमा ४० करोड भन्दा बढी कमाई गरेको थियो । त्यस्तै यस फिल्मले रिलिजको पहिलो हप्तामा १ सय २८ करोड कमाई गर्‍यो । ‘बाहुबली –२’ पछि दोस्रो नम्बरमा नाम आउँछ सलमान खानको फिल्म ‘टाइगर जिन्दा हे’ को,  जसले रिलिज भएको ६ दिनमै २०० करोडभन्दा बढीको व्यापार गरेको छ ।
 

सर्वाधिक कमाइ गर्ने कमेडी फिल्म 

निर्देशक रोहित सेठ्ठीका यस वर्ष प्रदर्शन भएको फिल्म ‘गोलमाल अगेन’ले २०५.९१ करोड कमाएको थियो ।  बलिउडमा यसअघि कुनै पनि कमेडी फिल्मले बक्स अफिसमा यति धेरै कमाई गरेको थिएन । तसर्थ अजय देवगन र परिनिति चोपडा अभिनित ‘गोलमाल अगेन’ बन्यो बलिउडको सर्वाधिक कमाई गर्ने कमेडी फिल्म । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया