MENU

समाज

Ncell Axiata
NIC Asia

ज्यानमाराको छोरो भनेर गाली गरेपछि ढुङ्गाले हानेर हत्या

दीपक भट्ट/उज्यालो ।

रामेछाप  पुस १३– जिल्ला प्रहरी कार्यालय रामेछापले हत्या गरेको अभियोगमा पक्राउ परेका दोरम्बा गाउँपालिका वडा नम्बर–१, का २३ वर्षीय ‘च्याङवा’ भन्ने कुमार घिसिङलाई सार्वजनिक गरेको छ ।

प्रहरीको पाँच दिने लामो अनुसन्धानपछि कार्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत त्यसै गाउँपालिका र त्यसै वडा वस्ने वर्ष ४८ का बाबुराम तामाङको हत्या गरेको स्वीकार गरेको आधारमा पक्राउ गरी अभियुक्त घिसिङलाई सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

कुमारले गएको पुस–१० गते बिहान ११ बजेको समयमा बाबुरामको हत्या गरी स्थानीय लप्सी खोलामा शव ढुङ्गाले छोपेर हिँडेको स्वीकार गरेपछि सार्वजनिक गरेर जिल्ला अदालत रामेछापबाट म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

२०७४ पुस ९, बिहान घरबाट निस्किएका तामाङ राति ढीलोसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यले उनको खोजी गरेका थिए । खोजी गर्ने क्रममा बाबुुरामको मृत शरीर स्थानीय लप्सी खोलामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापका निरीक्षक राजेन्द्रकुमार थापको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले स्थलगत रुपमा गरेको अनुसन्धान र स्थानीयको भनाईका आधारमा शंकास्पद ८ पुरुष र १ महिलासहित ९ जना सर्वसाधारणलाई समेत पक्राउ गरेको थियोे ।

उनीहरुसँगको ४ दिनको अनुसन्धानपछि अभियुक्त कुमारले आफूलाई मृतक बाबुरामले पटक–पटक ज्यानमाराको छोरो तथा ज्यानमाराको सन्तान भनेर गाली गर्ने गरेको र त्यस दिनपछि मृतकले गाली गरेकाले सहन नसकी धारिलो ढुङ्गाले हानेर हत्या गरेको प्रहरी प्रमुख कुमोद ढुंगेलले जानकारी दिए ।

उनले हत्यामा प्रयोग गरेको धारिलो ढुङ्गासमेत प्रहरीले पत्रकार सम्मेलमा सार्वजनिक गरेको थियो । हत्याको आशंकामा पक्राउ परेका अन्य ८ जनालाई भने प्रहरीले खोजेको बखत हाजिर हुने गरी छाडिएको जानकारी पनि  पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया