MENU

राजनीति

Ncell Axiata

​रोल्पामा जनप्रतिनिधिहरुले किन गर्दैछन गाउँपालिकाको नाम परिवर्तन ?

माधवकुमार ओली उज्यालो ।

रोल्पा, पुस १३ –स्थानीय तहको चुनाव सम्पन्न भएसँगै रोल्पाका जनप्रतिनिधिहरुले गाउँपालिकाको नाम फेर्ने एक प्रकारको लहर नै चलेको छ ।

सुरुमा जिल्लाको दुईखोली गाउँपालिकाको नाम सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका एक जना ‘परिवर्तन’ नाम गरेका माओवादी नेताको नामबाट राख्ने प्रस्ताव भएको खबर बाहिर आएपछि यो लहर जिल्लाभर चलेको हो । दुईखोली गाउँपालिकाका सबै वडामा माओवादीको बर्चस्व रहेकाले उक्त नाम परिवर्तनको विषयमा खासै विरोध भएको पाइएन ।

तर दुईखोली गाउँपालिका भन्दापछि प्रस्तावित भएका जिल्लाको सुवर्णावती र सुकिदह गाउँपालिकामा भने विरोधका कार्यक्रम भइरहेका छन् । सुकिदह गाउँपालिकाको नाम द्वन्द्वकालमै ज्यान गुमाएका माओवादीका नेताहरु गङ्गा र देवको नामबाट ‘गङ्गादेव’ र सुवर्णावती गाउँपालिकाको नाम माओवादीका तत्कालीन लडाकु कमाण्डर किमबहादुर थापा ‘सुनिल’को नामबाट ‘सहिद सुनिल स्मृति’ गाउँपालिका नामाकरण गरिएको बताइएको छ ।

विपक्षीहरुले कुनै व्यक्तिको नामबाट भन्दा पनि परम्परागत शैली झल्कने कुनै सम्पदाको नामबाट जिल्लाको सर्वपक्षीय/सर्वदलीय बैठकले सिफारिस गरेको गाउँपालिकाका नाम तत्काल फेर्न नहुने भन्दै विरोध गरिरहेका छन् । नाम परिवर्तन नै आवश्क भए पर्याप्त बहस र छलफल गर्न सकिने भन्दाभन्दै बहुमतको दम्भमा जबरजस्ती नाम परिवर्तन गरेकोले विरोध गरिएको सुवर्णावती गाउँपालिका–३, की वडा सदस्य तेजु बिष्टले बताउनुभयो ।

भर्खरै निर्वाचित जनप्रतिनिधिहरुबाट विकास र परिवर्तनको अपेक्षा गरेका जनताको काममा ध्यान नदिएर गाउँपालिकाको नाम परिवर्तन गर्ने प्रस्तावले आफूहरु विरोधमा रहेको सुवर्णावती–४, का वडाध्यक्ष गञ्ज क्षेत्रीको भनाई छ ।

सुवर्णावती गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्तीले भने सुवर्णावती शब्द चयन राम्रो भए पनि तत्थ्य प्रमाणसहितको ऐतिहासिक नाम खोजाँै भनेर नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरिएको बताउनुभयो । ‘भोली हाम्रा सन्ततीले कसरी यो नामाकरण भयो भनी प्रश्न गर्दा प्रमाण हामी पेश गर्न सकाँै’ अध्यक्ष घर्तीले भन्नुभयो त्यस कारण नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरिएको हो ।

एक नगरपालिका र ९ गाउँपालिका रहेको रोल्पामा एक नगरपालिकासहित ७ वटा स्थानीय तहमा माओवादी, २ वटामा एमाले र एकमा कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया