राजनीति
दुई हप्ता लामो भ्रमणका लागि पूर्व राजा नेपालगञ्जमा
- Thursday, Dec 28, 2017
- 20:03 PM ( 4 months ago )
- Total Views: 4.8 K
नेपालगन्ज, पुस १३ –पूर्व राजा ज्ञानेन्द्र शाह झण्डै दुई हप्ताको भ्रमणका लागि बिहीबार नेपालगञ्ज आउनुभएको छ । बिहीबार श्री एयरको विमानमार्फत नेपालगञ्ज विमानस्थल अवतरण गर्दा पूर्वराजा शाहलाई उहाँका समर्थकहरुले स्वागत गरेका थिए ।
राप्रपा नेता ऋषिराज देवकोटाका अनुसार पूर्वराजा शाह करिव दुई हप्तासम्म नेपालगञ्ज क्षेत्रमा रहनु हुनेछ । उहाँले नेपालगञ्जबाट बर्दिया र सुदूरपश्चिम जाने कार्यक्रम तय गरेको उहाँका सहयोगीले बताएका छन् ।
पूर्वराजा शाहको दुई हप्ता लामो भ्रमणका समयमै नेपालगञ्जको राझामा निर्माण भएको सोल्टी होटलको औपचारिक उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ । झण्डै ७० करोडको लगानीमा निर्माण भएको सोल्टी होटलमा पूर्वराजाको समेत लगानी रहेको चर्चा छ ।
पूर्वराजा शाहले पश्चिम नेपालमा रहँदा आप्mना समर्थकसँग समेत आन्तरिक छलफल गर्ने श्रोतले जनाएका छन् । पूर्वराजाका सहयोगीले भ्रमण व्यक्तिगत भएको जानकारी दिएका छन् । यसैगरी शाहले धार्मिक भ्रमणसमेत गर्ने बताइएको छ । पूर्वराजाले नेपालगञ्जको बागेश्वरी मन्दिरको दर्शन गर्ने कार्यक्रमसमेत रहेको छ ।
शाह बेलुका ५ बजे नेपालगञ्ज विमानस्थलमा पुगे पनि समर्थकहरु भने दिउँसो ३ बजे नै स्वागतका लागि विमानस्थल पुगेका थिए ।
पूर्वराजा शाहले मध्य र सुदूरपश्चिमका विभिन्न धािर्मक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ । भ्रमणमा पूर्वराजाका साथमा पूर्वरानी कोमल, बुहारी हिमानी र छोरी प्रेक्षा पनि रहनुभएको छ । केही समयदेखि पूर्व राजपरिवारका सदस्य देशका विभिन्न ठाउँको भ्रमणमा निस्किएका छन् ।
सम्बन्धित सामग्रीहरु
-
प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ : मुख्यमन्त्री राउत
धनुषा, वैशाख ७ – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
-
गाउँपालिकाको केन्द्र नसार्न सर्वोच्चको अन्तरिम आदेश
रुकुम पश्चिम, वैशाख ७ – त्रिवेणी गाउँपालिका रुकुम पश्चिमको केन्द्र सार्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
-
स्थापनाकै दिन फुट्यो राजपा नेपाल
काठमाडौं, वैशाख ७ – राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ ।
-
शान्तिपूर्ण प्रदर्शनलार्इ बञ्चित गरेर सरकार तानाशाही बन्न खाेज्यो : विवेकशील साझा
काठमाडौं, वैशाख ७ – सरकारले शान्तिपूर्ण प्रदर्शनलाई बञ्चित लगाउने गरी निषेधित क्षेत्र घोषणा गरेको भन्दै विवेकशील साझा पार्टीले विरोध जनाएको छ ।
-
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौं, वैशाख ७ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठक स्थगित भएको छ ।
-
राजस्थानमाथि चेन्नईको सानदार जित
काठमाडौं, वैशाख ८ – इण्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराती भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । पुणेमा भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ६४ रनको फराकिलो अन्तरले हरायो ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातभर खुल्ला रहने
- बिरामीले नबुझ्ने गरी औषधिको सिफारिस लेखे डाक्टरलार्इ कारवाही हुने
- दलितलाई नै चल्दैन दलितले छाेएकाे पानी
- प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ : मुख्यमन्त्री राउत
- चितवन राष्ट्रिय निकुञ्जले किन बंगुर र माछा खान रोक्यो ?
- २० विद्यालयले पाए कम्प्युटर ल्याब निर्माणका लागि अनुदान रकम
- माइभ्याली गोल्डकप : बंगलादेशको कावरानलाई हराउँदै एपीएफ क्वार्टरफाइनलमा
- बलात्कारमा संलग्न बालकलाई ६ वर्ष कैद सजाय
- १८ औं एशियाली खेलकुदका लागि नेपाली प्याराग्लाइडिङ टोली छनोट
प्रतिक्रिया दिनुहोस