राजनीति
एमालेले प्रदेशसभाको समानुपातिकतर्फ ७५ जना सांसदको नाम टुंगो लगायो (नामसहित)
- Thursday, Dec 28, 2017
- 20:32 PM ( 4 months ago )
- Total Views: 14.8 K
भक्तपुर, पुस १३ –नेकपा एमालेले समानुपातिकतर्फ सात वटै प्रदेशसभाका सांसदको टुंगो लगाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी समितिको बैठकले सात वटै प्रदेशसभाका सांसदको टुंगो लगाएको नेकपा एमालेका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
सचिव भट्टराईले भन्नुभयो, ‘छिट्टै नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुन्छ, यसक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सकारात्मक कुराकानी भएकोबारे अध्यक्ष ओलीले आजको बैठकमा जानकारी गराउनुभएको छ ।’
उहाँले पार्टी एकता संयोजन समितिको बैठक भोली या पर्सी बसेर एकता प्रक्रियाका अरु सांगठनिक र राजनैतिक नेतृत्व ब्यबस्थापन लगायतका कुरा छलफल गरी टुंगो लगाउने बिश्वास ब्यक्त गर्नुभयो ।
बैठकले प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिकमा जाने ७५ जनाको सूचिको अन्तिम टुंगो लगाएको छ । यो सूचि भोली निर्वाचन आयोगमा बुझाउने बताउँदै सचिव भट्टराईले एमालेको प्रदेश सभामा प्रत्यक्षबाट १६८ जना र समानुपातिक तर्फबाट ७५ जना गरि २४३ जना सदस्यले प्रदेश सभामा प्रतिनिधित्व गर्ने बताउनुभयो ।
उहाँका अनुसार एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या चाँडो सार्वजनिक गर्न पनि निर्वाचन आयोगलाई आग्रह गरेको छ । भोलि आयोगको कार्यालय पुगेर एमालेले यसबारेमा ध्यानाकर्षण गराउने पनि अधिकारीले जानकारी दिनुभयो । बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकता, नयाँ सरकार गठन र राष्ट्रियसभा गठनबारेको अध्यादेशका बारेमा पनि छलफल भएको उहाँले बताउनभुयो ।
यस्तै नेकपा माओवादी केन्द्रले पनि समानुपातिकबाट प्रदेशसभामा सांसद बन्नेको नाम टुंगो लगाएको छ । आज बसेको माओवादी केन्द्रको केन्द्रीय बैठकले समानुपातिकबाट प्रदेशसभातर्फका सांसदको टुंगो लगाएको हो ।
सम्बन्धित सामग्रीहरु
-
एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
काठमाडौं, वैशाख ८ – नेकपा एमालेका स्थायी कमिटी सदस्य केशव बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाउनुभएको छ ।
-
केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे चीनसँग छलफल
काठमाडौं, वैशाख ८ – नेपाल र चीनबीच केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे छलफल भएको छ ।
-
संगीतकार र कलाकारलाई रोयल्टी दिलाउन सहयोग गर्छु : प्रचण्ड
काठमाडौं, वैशाख ८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संगीतकार र कलाकारले रोयल्टी दिलाउन सहयोग गर्ने बताउनुभएको छ ।
-
मोदी वैशाख अन्तिम हप्ता नेपाल आउने !
काठमाडौं, वैशाख ७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख अन्तिम हप्ता नेपालको भ्रमण गर्ने सम्भावना बढेको छ ।
-
वैशाख १९ बन्ला त वाम एकताको नयाँ ‘साइत’ ?
काठमाडौं, वैशाख ८ – चुनावी तालमेल मात्र होइन पार्टी नै एक बनाउने भनेर एमाले र माओवादीले गरेको घोषणा आधा वर्षसम्म पनि पूरा हुन सकेको छैन ।
-
राति ११ बजेसम्म काठमाडौंमा पर्यटक हिँड्ने वातावरण बनाइनुपर्छ : मन्त्री अधिकारी
काठमाडौं, वैशाख ८ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले काठमाडौंमा पर्यटकले रातिसम्म हिँडडुल गर्न सक्ने वातावरण बनाइनुपर्नेमा जोड दिनुभएको छ ।
- दक्षिण एसियाली जुडो च्याम्पियनसिप : नेपालले जित्यो एक स्वर्ण, चार स्वर्णसहित भारत अग्रस्थानमा
- आईपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको टार्गेट
- संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वार्टरफाइनलमा
- उद्दारलाई प्राथमिकता, गलत काम गर्नेलाई कानुनी उपचार : नेपाली दूतावास युएई
- डोटीमा जीप दुर्घटना : ३ को मृत्यु, १६ जना गम्भीर घाइते
- एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
- एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
- सिन्धुपाल्चोकको एउटै नगरपालिकाका तीन युवा मलेसियामा बेपत्ता
- दैलेख कारागारका कैदीले मागे संविधान, रामायण र महाभारत
प्रतिक्रिया दिनुहोस