MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​आर्थिक परिवर्तन ल्याउने भन्दै माओवादी केन्द्रका नेता केरा खेतीमा

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, पुस १४–मेखबहादुर भण्डारी नेकपा माओवादी केन्द्रको जिल्लास्तरको नेता हुनुहुन्छ । उहाँकी श्रीमती नानुमाया पराजुली शिशु विद्याआश्रम माविको प्रधानाध्यापक हुनुहुन्छ । उहाँहरु दुवैजना आ–आफ्नै काममा व्यस्त रहनुहुन्छ ।

तर उहाँहरुले बचेको साँझबिहानको समयलाई उद्यमशिलतामा खर्चिनुभएको छ । उहाँहरुले धान लगाउँदै आएको घर नजिकैको ७ रोपनी जग्गामा केरा खेती गर्नुभएको छ । २०७२ सालबाट राईनास नगरपालिका–५, तीनपिप्लेमा व्यवसायिक केरा खेती सुरु गरेको भण्डारी बताउनुहुन्छ ।

‘म राजनीतिमा छु, राजनीतिसँगै हामी आर्थिक रुपमा आत्मानिर्भर बन्नका लागि पनि केही उद्यमशिलता गर्नु आवश्यक छ, त्यसैले मैले व्यवसायिक केरा खेती गरेको हुँ ।’, केरा उत्पादक किसान समेत रहनुभएका भण्डारीले भन्नुभयो, ‘नेपाल कृषिप्रधान देश हो, मुलुकमा राजनीतिक मुद्धा सकिएको छ, अब मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने आवश्यकता छ, त्यही अनुसार म पनि यसै व्यवसायमा लागि परेको छु ।’ राजनीतिसँगै कृषि व्यवसायलाई अघि बढाउँदा उहाँलाई आत्मसन्तुष्टि मिलेको छ ।

उहाँको एकल प्रयासले मात्र यो सम्भव भएको हैन । व्यवसायिक केरा खेतीमा भण्डारीलाई सहयोग मिलेको छ, श्रीमती नानुमाया पराजुलीको । उहाँ शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । बिदाको र साँझबिहानको समय उहाँ केराबारीमा काम गर्नुहुन्छ ।

सीप, क्षमता, आँट, जाँगर भए कृषि पेशाबाट स्वदेशमै कमाउन सकिने भण्डारी दम्पत्तिको भनाई छ । केरा खेतीबाट उहाँहरुले वार्षीक २ लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । उत्पादित केरा स्थानीय बजारमै खपत हुन्छ । बजारको समस्या छैन । केरा लिन व्यापारीहरु केरा बगैँचामा आउँछन् । उहाँहरुले जी नाईन र विलियम हाइव्रिड जातको केरा लगाउनुभएको हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया