MENU

राजनीति

Ncell Axiata

​यातायात व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशन चितवनमा

काठमाडौं, पुस १४– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशन माघको १७, १८ र १९ गते चितवनको नारायणगढमा हुने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले महासंघको ५औं राष्ट्रिय महाधिवेशन  माघको १७, १८ र १९ गते चितवनको नारायणगढमा गर्ने निर्णय गरेको हो ।

महाधिवेशन गर्न बैठकले महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालको संयोजकत्वमा १०१ सदस्यीय महाधिवेशन समिति पनि गठन गरेको छ ।

यातायात महासंघका महासचिव सिटौलाले राष्ट्रिय महाधिवेशनबाट महासंघलाई संघिय संरचनामा लैजान शुक्रबार राष्ट्रिय परिषद्को भेला समेत आयोजना गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया