MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

कालिमाटीमा आलुको भाउ घट्यो

काठमाडौं, पुस १४- काठमाडौंमा आलुको भाउ घटेको छ । भारतबाट आयात बढ्दा आलुको भाउ सस्तिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार बजारमा शुक्रबार मात्रै कालिमाटीमा आलु ४ सय टन भित्रिएको छ । 

भारतीय आलु किलोको १४ देखि १५ रुपैयाँ थोक मूल्य छ भने स्थानीय आलु किलोको २५ रुपैयाँमा थोक मूल्यमा कारोबार भैरहेको छ । यस्तै सिजन सुरु भएसँगै बजारमा तरुलको कारोबार पनि बढेको छ । तरुल दैनिक अहिले ७०–८० टन भित्रने गरेको छ ।

तरुल किलोको ३० रुपैयाँ  थोक मूल्यमा कारोबार भैरहेको छ । सुकेको प्याज किलोको ८० देखि ८५ रुपैयाँ,  स्थानीय काउली २० रुपैयाँ, भारतीय काउली १० देखि १२ रुपैयाँ, बन्दा २२ देखि २५, मुला २५, धनियाँ ५०, ब्रो काउली ५०, मटरकोसा ५५ देखि ६०, हरियो लसुन ८०, हरियो प्याज ७०, पीरो खुर्सानी ६० देखि ६५, भिन्डी ९० रुपैयाँ, करेला ६० रुपैयाँ र गालेभेडा २० देखि २२ रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • रेन्बो ट्राउट उत्पादन केन्द्र बनाइने

    खोटाङ, माघ ४ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले रेन्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउने तयारी गरेको छ ।

  • हिउँदे वर्षा नहुँदा प्रदुषण बढ्यो

    काठमाडौं, माघ ४ – हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदुषण बढेको छ । मंसिर १५ देखि अहिलेसम्म काठमाडौंमा जम्मा शून्य दशमलव १ मिलिमिटर मात्र पानी परेको परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलका अनुसार जनवरी महिनाभरिमा १० दशमलव ४ मिलिमिटर पानी पर्नुपर्ने हो ।

  • ​गुल्मीमा सुन्तला उत्पादन घट्याे

    गुल्मी, माघ २ – गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

  • मौसमविद् भन्छन् : अब चिसो हुँदैन

    काठमाडौं, माघ २ – पुसको अन्तिम साता ह्वात्तै बढेको चिसो माघ महिना लागेसँगै घटेको छ । अधिकतम र न्यूनतम तापक्रममा बृद्धि आएपछि उपत्यका तातो बन्दै गएको छ । उपत्यकामा पुसको अन्तिम साता न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

  • ​विषादीको कारण मौरी मर्न थालेपछि सर्लाहीका मौरीपालक किसान मर्कामा

    सलाही, पुस ३० -तोरीमा लाग्ने लाइकीरा मार्न प्रयोग गरिएको रसायनिक विषादीको प्रयोगबाट सर्लाहीमा धमाधम मौरी मर्न थालेको छ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया