MENU

विज्ञान प्रविधि

​एप्पल कम्पनीले ग्राहकसँग माफी माग्यो

पुस १४– पुरानो आइफोन देखाएर ग्राहक झुक्याएको आलोचना भएपछि एप्पले माफी मागेको छ ।

केही पुरानो ब्याट्रि देखाएर आइफोनको लागि टिकाउ ब्याट्रि ल्याइएको जनाएको भन्दै ग्राहकले आलोचना गरेपछि एप्पलले माफी मागेको हो । एप्पलले आइओएसको लिथियम ब्याट्रिमा पावर कम हुँदा, चिसो हुँदा र पुरानो हुँदा पनि ब्याट्रिमा खराबी नआउने परिवर्तन ल्याएको जनाएको थियो ।

ग्राहकले एप्पलले त्यस्तो प्रचार ग्राहक तान्न गरेको भनेर आलोचना गरेपछि एप्पलले माफी मागेको हो । पुरानै ब्याट्रि देखाएर एप्पलले भ्रममा पारेको भन्दै ग्राहकले एप्पलको आलोचना गरेका थिए । एप्पललले उसले भनेजस्तो आइफोन नदेखाएको अमेरिकामा मुद्धासमेत दर्ता भएको थियो ।

एप्पलले आफ्नो वेवसाइटमा भनेको छ, ‘हामीले ग्राहकबाट एप्पलले भनेजस्तो ब्याट्रि नभएको भन्ने प्रतिक्रिया पाएका छौँ । हामीले ग्राहकलाई झुक्याएको जस्तो महसुस भएको छ । हामी त्यसमा माफी चाहन्छौँ । यो विषयमा केही त्रुटी भएको हामीलाई महसुस भएको छ । हामी चाँडै नै हामीले भनेजस्तै परिवर्तन ल्याउछौँ । हामीले हाम्रो उत्पादन बिक्री गर्न त्यस्तो प्रचारबाजी गरेका होइनौँ । हाम्रो उद्देश्य ग्राहकको सन्तुष्टि अनुसारको उत्पादन गर्नु नै हो । हामी ग्राहकले चाहेजस्तै फोन उत्पादन गछौँ ।’

एप्पलले आफ्नो वेवसाइटमा आइफोन ६ र त्यसभन्दा पछिल्ला नयाँ मोडेललको मूल्य घटाएको पनि जनाएको छ । एप्पल कम्पनीले सन् २०१८ मा आइफोनमा भनेजस्तै परिवर्तन ल्याउने पनि जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया