MENU

अर्थ

​रियाल र दिर्हामको मूल्य थोरै घट्यो, रिंगिट र वनको मूल्य बढ्यो

काठमाडौं, पुस १४ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २६ पैसा र विक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र विक्रिदर २८ रुपैयाँ २४ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८३ पैसा र विक्रिदर २८ रुपैयाँ तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १४ पैसा र विक्रिदर २५ रुपैयाँ २९ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र विक्रिदर ९ रुपैयाँ ६२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ६२ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ६० पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ १३ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ७२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया