MENU

राजनीति

कांग्रेस बैठक सुरु :प्रदेशका समानुपातिक सांसदको नाम टुंगो लगाउने

काठमाडाै‌ं, पुस १४- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । कांग्रेस सभापति एवं शेरबहादुर देउवाले चुनावपछि पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा प्रदेशसभामा समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउने मुख्य एजेण्डा रहेको नेताहरुले बताएका छन् । सवै प्रदेशमा गरि कांग्रेसले समानुपातिकतर्फ ७२ सिट पाउने भएपनि कसकसलाई सांसद बनाउने भन्ने टंगो लागेको छैन ।

यससँगै चुनावी समिक्षाका साथै प्रतिनिधिसभा र प्रदेशसभामा हारका कारण, राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश  र सरकारको राजिनामालगायत विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

पार्टीले धेरै ठाउँमा चुनाव हारेपछि सभापति देउवाले राजिनामा दिनुपर्ने माग कांग्रेसभित्र उठिरहेको छ भने महासमितिको बैठक बोलाएर नयाँ कार्यदिशा तय गर्नुपर्नेमा युवा नेताहरुले दवाव दिइरहेका छन् ।

तस्बिर गोविन्द परियारको फेसबुकबाट 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया