MENU

राजनीति

ujyaalo forign call inside

​गाउँपालिकाको नाम फेर्ने प्रस्तावको विरोधमा आन्दोलन सुरु

माधवकुमार ओली/उज्यालो ।

रोल्पा, पुस १४ — रोल्पाको सुवर्णावती गाउँपालिकाको १२ पुसमा सम्पन्न दोस्रो गाउँसभाले पारित गरेको गाउँपालिकाको नाम फेर्ने प्रस्तावको विरोध गर्दै आन्दोलन सुरु भएको छ ।

नेकपा एमाले रोल्पा क्षेत्र नम्बर–१ का उपाध्यक्ष खिमचन्द्र पुनमगरको संयोजकत्वमा संघर्ष समिति गठन गरी माओवादी केन्द्र बाहेक सबै दलहरुले आन्दोलन सुरु गरेका हुन् । संघर्ष समितिले बिहीबार सुलिचौर बजारमा विरोध ¥याली गर्दै गाउँपालिका कार्यालय अगाडि विरोधसभा गरेको छ ।

यस्तै संघर्ष समितिले पुस १४ शुक्रबार निर्णय सच्याउनको लागि गाउँपालिकालाई अल्टिमेटम दिने, १५ गते गाउँपालिका भित्र यातायात बन्द र विरोधसभा गर्ने, १६ गते गाउँपालिका भित्र यातायात, शिक्षणसंस्था, बजार तथा उद्योग बन्द गर्ने, १७ गतेदेखि सुवर्णावती गाउँपालिकामा अनिश्चितकालिन बन्द गर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया