MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

‘लोप हुन लागेको चौँरी व्यवसाय जोगाउन इलाम झरेँ’

इलाम ,  पुस १४ – पाँचथरमा चौँरीपालन व्यवसाय लोप हुँदै गएको थाहा पाएपछि पाँचथरका चौँरी व्यवसायी इलाममा आएका छन् ।

इलाममा चौरी व्यवसाय लोप हुँदै गएको सुनेर पाँचथर प्राङ्बुङबाट चाँैरी व्यवसाय गर्न इलाम आएको व्यवसायी नरबहादुर मगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाँचथरमा चौँरीपालन लोप हुन लागिसक्यो, नयाँ तरिकाले चौँरी पाल्न इलामको सन्दकपुर गाउँपालिका आएको छु । चौँरीपालन व्यवसायलाई म जोगाउन चाहन्छु ।’

इलाम र पाँचथरको सीमावर्ती र भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको सन्दकपुर पाँचथरबाट नजिक भएकाले पनि इलाम आउन र व्यवसाय गर्न सहज हुने मगरको भनाई छ ।

चौँरीको दूधबाट बनेको घिउ र छुर्पी गाई र भैँसीको भन्दा महँगोमा बिक्री हुने मगरले बताउनुभयो ।  उहाँका अनुसार पहिला–पहिला भारतको विभिन्न बजारमा बिक्री हुने घिउ र छुर्पी हिजोआज स्वदेशमै बिक्री वितरण हुने गरेको छ । छुर्पी भने अमेरिकामा समेत निर्यात हुने गरेको छ ।

एक सयभन्दा बढी संख्यामा रहेका चौँरीका गोठ अहिले करिब दुई दर्जनको हाराहारीमा मात्र रहेका छन् । सामुदायिक वनमा चौँरी चरण गर्न नपाइने , चौँरीलाई आवश्यक दाना र पोषणयुक्त खाना पुर्याउन निकै कठिनाई हुने जस्ता कारणले व्यवसाय गर्न समस्या भएको सन्दकपुरका चौँरी व्यवसायीको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • रेन्बो ट्राउट उत्पादन केन्द्र बनाइने

    खोटाङ, माघ ४ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले रेन्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउने तयारी गरेको छ ।

  • हिउँदे वर्षा नहुँदा प्रदुषण बढ्यो

    काठमाडौं, माघ ४ – हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदुषण बढेको छ । मंसिर १५ देखि अहिलेसम्म काठमाडौंमा जम्मा शून्य दशमलव १ मिलिमिटर मात्र पानी परेको परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलका अनुसार जनवरी महिनाभरिमा १० दशमलव ४ मिलिमिटर पानी पर्नुपर्ने हो ।

  • ​गुल्मीमा सुन्तला उत्पादन घट्याे

    गुल्मी, माघ २ – गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

  • मौसमविद् भन्छन् : अब चिसो हुँदैन

    काठमाडौं, माघ २ – पुसको अन्तिम साता ह्वात्तै बढेको चिसो माघ महिना लागेसँगै घटेको छ । अधिकतम र न्यूनतम तापक्रममा बृद्धि आएपछि उपत्यका तातो बन्दै गएको छ । उपत्यकामा पुसको अन्तिम साता न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

  • ​विषादीको कारण मौरी मर्न थालेपछि सर्लाहीका मौरीपालक किसान मर्कामा

    सलाही, पुस ३० -तोरीमा लाग्ने लाइकीरा मार्न प्रयोग गरिएको रसायनिक विषादीको प्रयोगबाट सर्लाहीमा धमाधम मौरी मर्न थालेको छ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया