MENU

राजनीति

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षा नियमावली निर्माण सुरु

खोटाङ, पुस १४– खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले नगर शिक्षा नियमावली बनाउन थालेको छ ।

शिक्षा नियमावली निर्माणका लागि १५ वटा वडा रहेको नगरपालिकाले शिक्षाविद्, प्राज्ञिक, शिक्षासेवि, दलका नेता, शिक्षासँग सम्वद्ध पेशागत संगठनबाट सुझाव तथा परामर्श थालेको छ ।

हप्ता दिनसम्म चलाइने छलफल, परामर्शपछि निर्माण हुने सुझावसहितको नगर शिक्षा नियमावलीको ड्राफ्ट नगरपालिकामा पेश हुने रुपाकोट मझुवागढी नगरपालिका सामाजिक विकास समिति शिक्षा शाखाले जनाएको छ ।

छलफल, परामर्श र आवश्यक सुझावसहित प्राप्त हुने ड्राफ्टका विषयमार्फत शिक्षाविद्, प्राज्ञिक, शिक्षासेविलगायतसँग छलफल र परामर्श गरेर ड्राफ्टलाई अन्तिम रुप दिइने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।

प्राप्त भएको ड्राफ्टका आधारमा नगरको शैक्षिक विकास र उन्नतिका लागि आवश्यक र सुहाउँदो तरिकाको नगर शिक्षा नियमावली निर्माण गरेर कार्यान्वयनमा ल्याइने नगरपालिकाले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया