MENU

मनोरञ्जन

नयाँ वर्षमा कोमल वलीका १८ संकल्प

काठमाडौं, पुस १४– दोहोरी गीत गाउनमा निकै अब्बल स्थानमा रहेकी गायिका कोमल ओलीले अङ्ग्रेजी नयाँ वर्षमा १८ वटा संकल्प सार्वजनिक गरेकी छिन् ।

कोमल वलीले ट्वीट गर्दै नयाँ वर्षको शुभकामनासहित १८ वटा संकल्प सार्वजनिक गरेकी हुन् । उनको संकल्पको पहिलो स्थानमा नयाँ वर्ष सुरु भएपछि १८ वटा फिक्सन र ननफिक्सनका पुस्तक पढ्ने जानकारी गराएकी छिन् ।

पत्रकारिता र कलाकारितामा चर्चामा रहेकी वली पछिल्लो समय राजनीतिमा  लागेकी छिन् । राप्रपामा राजनीति गरिरहेकी ओली स्थानीय तहको तेस्रो चरणको चुनावमा नेकपा एमाले प्रवेश गरेकी थिइन् । अविवाहित ओलीले अबको समय राजनीतिमा खर्च गर्ने बताउँदै आएकी छिन् ।

शुक्रबार ट्वीटमा आफ्ना संकल्प सार्वजनिक गरेकी वलीको दोस्रो स्थानमा एक वर्षभरि कुनै पनि धारणा बनाउँदा पक्ष र विपक्षको वकालत गर्ने बताएकी छिन् । उनले एक वर्षभरि शिक्षाबाट बञ्चित २० जना बालबालिकालाई पढ्ने व्यवस्था मिलाउने जनाएकी छिन् । वलीले गृहजिल्ला दाङमा ३ स्थानमा पुस्तकालय स्थापना गर्ने बताएकी छिन् ।

वर्षभरि आर्थिक पारदर्शिताको वकालत गर्ने र आफू पनि आर्थिक रुपमा पारदर्शी भएर काम गर्ने वलीले ट्वीटमा लेखेकी छिन् । स्वास्थ्यमा असर गर्ने रक्सी, चुरोट, बिँडीलगायतका हानिकारक वस्तुको सेवन छोड्न सबैलाई आग्रह गर्ने वलीले संकल्प गरेकी छिन् । उनले आफ्नो गृह जिल्लाका नागरिकको गुनासो सुनेर सरकारवालालाई झकझक्याउने बताएकी छिन् ।

उनले राज्यप्रति आफ्नो सम्पूर्ण दायित्व पूरा गर्ने र अधिकार पनि माग्ने जनाएकी छिन् । वलीले आफ्नो जिल्लाको विकासमा सहयोग गर्ने बताएकी छिन् । गीत संगीतलाई पनि नछाड्ने प्रतिवद्वता वलीको ट्वीटमा छ ।

स्वस्थ्यमा ध्यान दिँदै स्वस्थ शरीर राख्ने संकल्प वलीले गरेकी छिन् । उनले महिलाको सशक्तिकरणमा ध्यान दिने बताएकी छिन् । उनले नातावाद र क्रिपावादभन्दा माथि उठेर हरेक कुराको स्वस्छ निर्णय लिने जनाएकी छिन् ।

उनले स्वस्च्छ आलोचनालाई आफूले सकारात्मक रुपमा लिएर अगाडि बढ्ने जनाएकी छिन् । सामाजीक सञ्जालमा अनावश्यक कुरा नलेख्ने, ट्रोल र प्रोपागाण्डा पोष्टबाट टाढा रहने वलीको प्रतिवद्वता छ । उनले अधिकांश समय दाङमा नै बिताउने बताएकी छिन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया