MENU

राजनीति

ujyaalo forign call inside

​मन्त्री गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई कमल थापाको पत्र

प्रकाश ढकाल/उज्यालो ।

काठमाडौं, पुस १४ –उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउनुभएको छ ।

सहरी विकास मन्त्रालयमा सचिव दिपेन्द्रनाथ शर्मालाई हटाउने बारेमा थापा र गिरीबिच बिहीबार मन्त्रीपरिषद बैठकमा नै चर्काचर्की परेको थियो । 

गिरीले शर्माले असहयोग गरेको भन्दै शर्मालाई हटाउन बिहीबारको मन्त्रीपरिषद बैठकमा प्रस्ताव लैजानु भएको थियो । तर थापा पार्टीमा सल्लाह नै नगरी सचिव हटाउने प्रस्ताव ल्याएको भन्दै गिरीसँग बैठकमा नै आक्रोशित हुनु भएको थियो । त्यसपछि थापाले थापाले गिरीको राजीनामा माग्नु भएको थियो । 

मन्त्री गिरीले भने राजीनामा दिने भए तपाईँलाई हैन, प्रधानमन्त्रीलाई दिन्छु भन्नुभएको थियो । त्यो विवाद भएको दोश्रो दिन राप्रपाका अध्यक्ष थापाले गिरीलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्री देउवालाई पत्र पठाउनुभएको हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया