MENU

राजनीति

ujyaalo forign call inside

ग्यास उद्योग विरुद्ध नेविसंघ, बालाजु औद्योगिक क्षेत्र अगाडि धर्ना

काठमाडौं, पुस १४ –काठमाडौंको बालाजुमा रहेको नेपाल ग्यास उद्योगले विस्तार गर्न लागेको ग्यास प्लान्टविरुद्ध नेपाल विद्यार्र्थी संघ सडकमा उत्रिएको छ ।  
शुक्रबार बालाजु औद्योगिक क्षेत्रको प्रवेशद्वारमा नेविसंघले नेपाल ग्यासको क्षमता विस्तारमा सच्चिनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो । 

विरोध प्रदर्शन कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यो आन्दोलन कुनै उद्योगप्रति नभएर बस्ती जोखिमको सावधानीको लागि खबरदारी भएको बताका छन् । कार्यक्रममा नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले नेपाल ग्यास मात्र होइन बस्ती जोखिममा पर्ने हरेक उद्योगको विषयमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । 

यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले बस्तीबाट उद्योग नहटेसम्म निरन्तर लडाई लडिरहने बताउनुभयो । उहाँले  भन्नुभयो ‘ग्याँस बमले स्थानीयको जुनसुकै बेला ज्यान जान सक्छ त्यसैले यो उद्योग हटाउन नेविसंघको अभियानमा सबै एकजुट हुनुपर्छ ।’

यस्तै विरोध प्रदर्शनमा सम्बोधन गर्दै नेविसंघ केन्द्रीय सदस्य तथा विरोध कार्यक्रम संयोजक सुशील भट्टले धेरै विद्यालय तथा क्याम्पस भएको क्षेत्रमा नेपाल ग्यास उद्योग रहेको र बनस्थली विद्यालय नजिक पेट्रोल पम्पका कारण विद्यार्र्थीहरु नै असुरक्षितदेखि खबरदारी साथै नसच्चिए सशक्त आन्दोलन गर्नुपरेको बताउनुभयो । 

उहाँले कमिसनको खेलमा कसैले स्थानीयको स्वास्थ्यमाथि खेलवाड गर्छ भने नेविसंघ त्यसलाई परास्त गर्न सक्षम रहेको पनि चेतावनी दिनुभयो । जनताको जीवनसँग जोडिएको विषयमा नेविसंघ सधैं स्थानीयसँगै रहेको भन्दै नेविसंघले ज्ञापनपत्र बुझाउने, अल्टिमेटम दिने र त्यतिले पनि नभए सडक संघर्ष गर्न पनि आफूहरु तयार रहेको नेविसंघ एनआर क्याम्पस अध्यक्ष परोपकार अधिकारीले बतानुभयो । 

नेविसंघले यसै विषयमा सरोकारवालाहरुसँग मिलेर काम गर्ने र सच्चिन तयार नभए देशब्यापी आन्दोलन गर्नेगरी कार्यक्रम अगाडि बढ्ने समेते नेविसंघ नेता निरञ्जन थापाले जानकारी दिनुभयो । विरोध कार्यक्रममा सयौंको संख्यामा स्थानीयको पनि सहभागिता रहेको थियो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया