MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

‘शत्रु गते’ को ‘रुपै मोहनी’ मा हरिवंशले सबलाई बनाए घायल (भिडियोसहित)

काठमाडौं, पुस १४ – मह सञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा ‘शत्रु गते’मा समावेश ‘रुपै मोहनी’बोलको गीत शुक्रबार सार्वजनिक गरिएको छ । 

पुल्चोकको ब्रिक्स क्याफेमा एक औपचारिक कार्यक्रम गरी शुक्रबार दिउँसो १ बजेर ३ मिनेट जाँदा उपस्थित कलाकार र पत्रकारलाई गीत देखाइयो भने यसै समयमा रेडियो अडियोले पनि अडियो सार्वजनिक गरेको थियो । युट्युबमा भने दिउँसो २ बजेर ३५ मिनेट जाँदा ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।  

छायांकनकै समयदेखि नै यो गीतको चर्चा थियो । सामाजिक सञ्जालहरुमा दर्शक श्रोताहरुले उक्त गीत हेर्न व्यग्रता पूर्वक प्रतिक्षा गरिरहेको प्रतिक्रिया आएको निर्माण पक्षले जानकारी दिएको छ । 

सिनेमाको यो गीतको छायांकनमा तीन दिन समय र झण्डै १५ लाख खर्च भएको निर्देशक भटटराईले जानकारी दिएका छन् ।
गीतकार लोकराज अधिकारीका शब्द र टंक बुढाथोकीको संगीत रहेको यस गीतमा टंक बुढाथोकी र मिना निरौलाको स्वर रहेको  छ । 

गीतमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, शिवहरि पौड्याल, बसुन्धरा भुसाललगायतलाई फिचर गरिएको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले  गरेका हुन । गीतबारे प्रतिक्रिया दिँदै कोरियोग्राफर गहतराजले भने, ‘गीतको कोरियोग्राफी राम्रो बनेकोमा दुई मत थिएन । तर यति राम्रो बन्छ भन्ने चाहिँ लागेको थिएन । यो गीतपछि अब नयाँ ट्रेण्डनै बस्ने विश्वास छ मेरो ।’

गीतकार लोकराज अधिकारीले चलचित्रको गीत लेखनमा आफूले सुन्दर अवसर पाएको र त्यो अबसरको भरपुर सदुपयोग गरेको बताए । अधिकारीले भने, ‘गीतमा मेहनत पनि असाध्यै परेको छ । सिनेमाको कथामा फिट हुने शब्द लेख्दै सुनाउँदै, काट्दै  र संयोजन गर्दा झण्डै सत्र दिन खर्च गरेको छु । गीत रेकर्ड हुँदाकै बेलादेखि आशावादी थिएँ । भिडियो हेरेपछि उत्साहित भएको छु । चलचित्रको गीति लेखनमा यो गीत मेरो माइलस्टोन बन्न सक्छ  भन्ने आशा छ ।’ 

त्यस्तै संगीतकार टंक बुढाथोकीले यो गीतमा आफूले धेरै नै चुनौती महशुस गर्दै  अन्तिम समय सम्म पनि राम्रो बनाउने प्रयास गरेको बताए । उनले  भिडियो हेर्दा अन्यन्तै सन्तुष्टि मिलेको पनि प्रतिकृया दिए । उनले भने, ‘म पनि ब्यग्र प्रतिक्षामा छु  । दर्शक श्रोता सबैको मायाँ पाउने बिश्वास छ’ । 

त्यसैगरी सिनेमाका प्रस्तुत कर्ता किरण केसीले भने, ‘मैले राम्रो भएरै चलचित्रमा फिट हुने भएर नै यो गीत राखेको हुँ अहिले धेरै भन्दिन गीतका बारेमा एउटै शब्द भन्छु ‘आगो आगो’ ।’

किरण केसीले १६ वर्षपछि निर्माण गरेको ‘शत्रु गते’ वीरगंज र काठमाडौंमा छायाँङकन गरिएको हो । सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल शिवहरी पौड्याल, लगायतका कलाकारहरुको मुख्य भूमिका छ । सिनेमाले चैत्र ९ गतेलाई आफ्नो प्रदर्शन मिति तोकेको छ ।

- उज्यालो र गफगाफ डट कमको सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया