मनोरञ्जन
‘टाइगर जिन्दा हे’ को बक्स अफिसमा धमाका, एक हप्तामा झण्डै ३०० करोड व्यापार
- Friday, Dec 29, 2017
- 16:13 PM ( 4 months ago )
- Total Views: 7.8 K
पुस १४ –चलचित्रको समीक्षा आए पनि सुपरस्टार सलमान खान स्टारर चलचित्र ‘टाइगर जिन्दा हे’ ले बक्स अफिसमा धमाका मच्चाइराखेको छ ।
सार्वजनिक भएको ६ दिनमै चलचित्रले भारतीय सिनेमा घर तथा विदेशमा समेत गरेर २ सय ५० करोड भारतीय रुपैयाँको कारोबार गरेको छ । मिडिया रिपोर्टका अनुसार बिहीबारको समेत कारोबारलाई जोड्ने हो यसले झण्ढै ३०० करोडको व्यापार गरेको छ ।
एक दुई दिनको व्यापारलाई समेत जोड्दा चलचित्र ३०० करोड कल्बमा प्रवेश गर्नेछ । भारतीय बक्स अफिसमा ‘टाइगर जिन्दा हे’ रिलिज भएको दिन ३४.१० करोड, शनिबार ३५.३० करोड, आइतबार ४५.५३ करोड, सोमबार २१.६० करोड, बुधबार १७.५५ करोड कमाएको थियो । बुधबारसम्मकै मात्र हिसाब गर्ने हो भने यस फिल्मले १९० करोड भारतीय रुप्रैयाँको कारोबार गरेको छ । बिहीबारको कारोबारको आधिकारिक सूचना भने सार्वजनिक भएको छैन ।
भारतमा मात्रै होइन सलमान र कैटरीना कैफ अभिनित यस चलचित्रले विदेशमा पनि राम्रो व्यापार गरेको छ । सोमबारसम्म चलचित्रले विदेशमा ५४ करोडभन्दा बढी व्यापार गरेको छ ।
सन् २०१७ मा इदको अवसर पारेर रिलिज भएको ‘ट्यूबलाइट’ले बक्स अफिसमा खासै उज्यालो ल्याएन । साथै चलचित्रले दर्शकलाई पनि निराश बनाएको बताइन्छ । तर यस वर्ष सलमान खानले बक्स अफिस र दर्शक दुवैलाई नयाँ वर्षमा खुशी बनाउने अपेक्षा गरिएको छ । चलचित्रको समीक्षा पनि सकारात्मक नै आइरहेकाले चलचित्रको प्रदर्शन राम्रै हुने आंकलन गर्न सकिन्छ । दर्शकहरु चलचित्रको एक्सन, रोमान्स, कथा तथा क्लाइमेक्स एकदमै मन पराएको बताउँछन् ।
यो चलचित्र पाँच वर्षअघि रिलिज भएको चलचित्र ‘एक था टाइगर’ को सिक्वेल हो । जसले बक्स अफिसमा ३०० करोडभन्दा बढी व्यापार गर्दै आमिर आनको चलचित्र ‘गजनी’ को रेकर्ड तोडेको थियो । ‘एक था टाइगर।’ ७५ करोडको बजेटमा निर्माण भएको थियो । चलचित्रले झण्डै ३२० करोड कमाएको थियो ।
सलमान खानको पारिश्रमिकलाई छोडेर ‘टाइगर जिन्दा हे’ को बजेट १५० करोड भएको बताइन्छ । अली अब्बास जफरको निर्देशन रहेको यस चलचित्रमा कटरिना कैप सलमानको को–स्टारको रुपमा अभिनय गरेकी छिन् । चलचित्रमा उनले एक पाकिस्तानी आइएस एजेन्टको भूमिका निर्वाह गरेकी छिन् ।
सम्बन्धित सामग्रीहरु
-
सलमानको प्रेमिका बन्दैछिन् मौनी रोय
वैशाख ६ – सलमान खान अभिनित पछिल्ला फिल्महरुमध्ये ‘ट्यूबलाइट’ बाहेक हरेक फिल्म सुपरहिट भएका छन ।
-
रुन्चे गायक प्रकाश पौडेलको ‘खुचिङ’ सार्वजनिक
वैशाख ६ – रुन्चे गायक प्रकाश पौडेलको (खुचिङ) बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
-
६९ लागे मदनकृष्ण, यो वर्ष काटिने छैन केक
काठमाडौं, वैशाख ४ – तिथिअनुसार हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ ।
-
‘लिलिबिली’ पाइरेसीको मारमा, आयो फेसबुकमा
काठमाडौं, वैशाख ५ – मिलन चाम्सको निर्देशन रहेको सिनेमा ‘लिलिबिली’ पाइरेसीको मारमा परेको छ ।
-
प्रियंकालाई सलमानले जिस्काउँदै भने, ‘हाम्रो फिल्म हिन्दी हो’
वैशाख ५ – अमेरिकाबाट भारत फर्किरहेकी प्रियंकालाई सलमानले जिस्किाउँदै भने ‘हाम्रो फिल्म हिन्दी हो ।’
-
आगोले जलेर नष्ट भएको प्रदीपको घर कोरियामा रहेका युवाले बनाइदिने
काठमाडौं, वैशाख ६ – सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ९ घाटगाउँमा फागुन २९ गते आगलागी हुँदा जलेर नष्ट भएको प्रदीप नेपालीको घर दक्षिण कोरियामा रहेका युवाहरुले निर्माण गरिदिने भएका छन् ।
- पारस खड्का भन्छन् : आज एकदमै खुशी छु, विगतमा जे भए पनि अब राम्रै हुनेछ
- कम्प्युटर सिक्दै वडा अध्यक्ष र उपाध्यक्ष
- मानव बेचविखनको अभियोगमा पक्राउ परेका वडाध्यक्षलाई रिहा गर्न सर्वोच्चको आदेश
- पार्टी एकताका बारेमा ओली–प्रचण्डबीच छलफल
- नातिनी बलात्कार गर्नेलाई ९ वर्ष जेल
- ‘प्रयास नेपाल’का बालबालिकालाई हिमालयन एयरलाइन्सको सहयोग
- आयोजक माईभ्यालीले कास्की ११ लाई ३–२ ले हरायो
- क्यानकाे विधान जस्ताको त्यस्तै पारित : निलम्बन फुकुवा हुने सम्भावना बढ्यो
- ग्यालेक्सी एस नाइन वैशाख १० देखि नेपालभर
प्रतिक्रिया दिनुहोस