MENU

राजनीति

ujyaalo forign call inside

​पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्न कमल थापा एकाएक नेपालगन्ज आउँदै

बाँके, पुस १४ –पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित यति बेला नेपालगन्जमा विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्छ । 

पूर्व राजा ज्ञानेन्द्र, पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेक्षाका साथमा दुईसाताका लागि बिहीबार नेपालगन्ज आइपुग्नुभएको हो । पूर्व राजा नेपालगन्जमा रहेकै अवस्थामा राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा शनिबार नेपालगन्ज आउन लाग्नुभएको छ । स्रोतका अनुसार पूर्व राजा ज्ञानेन्द्रको सन्देश प्राप्त गरेपछि उपप्रधानमन्त्री थापा शनिबार केही समयका लागि नेपालगन्ज आउन लाग्नुभएको छ । पूर्व राजासँग भेटघाटका लागि थापा नेपालगन्ज आउन लागेको थापा निकट स्रोतले जनाएको छ ।

‘बिहीबारसम्म अध्यक्षज्यू नेपालगन्ज आउने कुनै जानकारी थिएन’, स्रोतले भन्यो, ‘एकाएक दरबारको सूचना पाएपछि अध्यक्षज्यू केही समयका लागि नेपालगन्ज आउन लाग्नुभएको छ ।’ थापासम्वद्ध स्रोतका अनुसार नेपालगन्जमा पूर्व राजा र थापाबीच भेटघाट हुने छ । पूर्व राजपरिवारको सबै कार्यक्रम अत्यन्त गोप्य राखिएका कारण  धेरै जानकारी प्राप्त हुन नसकेको स्रोतले जनाएको छ । 

उपप्रधानमन्त्री थापा शनिबार नै राजधानी फिर्ता हुने कार्यक्रम तय भएको छ । थापाको कार्यक्रमलाई पूर्व निर्धारित बनाउनका लागि एकाएक अगुवा कार्यकर्ता भेटघाट पनि राखिएको छ । यसैबीच नेपालगन्जमा रहेका पूर्व राजा ज्ञानेन्द्रले शुक्रबार पनि आफू निकट राजनीतिक व्यक्तिहरुसँग भेटघाट गर्नुभएको छ । 

पूर्व राजपरिवार आप्mनो परिवारको लगानी रहेको भनिएको होटल सोल्टीमा  कडा सुरक्षाकाबीचमा रहेको छ । होटल सोल्टीको पूर्व राजा शाहले नयाँ वर्षको अवसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पूर्व राजाले  दुईसाताको अवधिमा मध्य र सुदूरपश्चिमका धार्मिक र पर्यटकीय स्थलको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया