MENU

राजनीति

राप्रपाले टुंगो लगायो प्रदेशसभा सदस्यको नाम

काठमाडौं, पुस १४ –राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभा सदस्यहरुको नाम टुंगो लगाएको छ । 

राप्रपाले प्रदेश नम्बर १ मा इन्दिरा राई, प्रदेश नम्बर ३ मा रिता माझी र प्रदेश नम्बर ६ मा सोशीला शाहीलाई पठाउने निर्णय गरेको पार्टीका प्रवक्ता सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभयो । राप्रपाले ३ वटा प्रदेशमा १/१ सिट पाएको छ । 

राई झापा, माझी रामेछाप र शाही काालिकोटबाट हुनुहुन्छ । राप्रपाले प्रत्यक्षतर्फ भने प्रदेशमा कुनै सिट जितेको छैन । प्रतिनिधिसभातर्फ भने राप्रपाले ३ प्रतिशत थ्रेसहोल्ड नकटाएका कारण कुनै सिट पाएको छैन ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फबाट भने झापा ३ बाट राजेन्द्रप्रसाद लिङदेन निर्वाचित हुनु भएको थियो । तर समानुपातिकमा ३ प्रतिशत मत नल्याएका कारण प्रतिनिधिसभामा लिङदेनले स्वतन्त्र सांसदको रुपमा प्रतिनिधित्व गर्नु पर्ने छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया