MENU

अर्थ

ujyaalo forign call inside

बैंकका सञ्चालक र सिइओलाई राष्ट्र बैंकको नयाँ लगाम : अनिल शाह ६ महिना ‘बेरोजगार’


काठमाडौं, पुस १४ –बैंकका प्रमुख कार्यकारी अधिकृत अर्थात सिइओ र सञ्चालकले एउटा बैंक छाडेको ६ महिनासम्म अर्को बैंकमा काम गर्न नपाउने भएका छन् । 

नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट जुनसुकै कारणबाट निवृत भए पनि कम्तीमा छ महिना अर्को बैंक तथा वित्तीय संस्थामा काम गर्न पाइने छैन । 

पछिल्लो समय बैंकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालकले छिटोछिटो संस्था परिवर्तन गर्न थालेपछि राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो । स्वतन्त्र सञ्चालकको हकमा भने यो व्यवस्था लागू नहुने नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । यो व्यवस्था वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा लागू भएको छ । 

यसअघि मेगा बैंकको सिइओ छाडेर नबिल बैंक जान लागेका अनिलकेशरी शाह पनि नयाँ नियमबाट प्रभावित हुने भएका छन् । शाह सुरुमा मेगा छाडेर सेञ्चुरी बैंक जाने तय भए पनि पछि उनले नबिलसँग सम्झौता गरेका थिए । त्यस्तै नबिल बैंक छाडेर बसेका शशिन जोशी पनि नयाँ बैंकमा अनुबन्ध हुन ६ महिना कुर्नुपर्ने छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया