MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

​बँदेललाई थापेको पासोमा परेर चितुवा मर्‍यो

बैतडी, पुष १४–बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेक जंगलमा पासोमा परेर चितुवा मरेको छ । 

बँदेललाई थापेको पासोमा परेर चितुवा मरेको हो । देहिमाण्डौं गिरेगाडा सडकभन्दा माथि ग्वाल्लेकको बीच जंगलमा पासोमा चितुवा मृत भेटिएको जिल्ला वन कार्यालयले जनाएको छ । चितुवा मरेको दशरथचन्द नगरपालिका वडानम्बर ९ का वडाअध्यक्षले खबर गरेपछि वन कार्यालय र प्रहरी टोली त्यस ठाँउमा गएको थियो । 

४ फिट ७ इन्च लामो झण्डै डेढ वर्षको चितुवा बिहीबार राति मरेको निमित्त जिल्ला वन अधिकृत रामप्रसाद चौधरीले बताउनुभयो । मरेको चितुवा जिल्ला वन कार्यलयमा राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • रेन्बो ट्राउट उत्पादन केन्द्र बनाइने

    खोटाङ, माघ ४ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले रेन्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउने तयारी गरेको छ ।

  • हिउँदे वर्षा नहुँदा प्रदुषण बढ्यो

    काठमाडौं, माघ ४ – हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदुषण बढेको छ । मंसिर १५ देखि अहिलेसम्म काठमाडौंमा जम्मा शून्य दशमलव १ मिलिमिटर मात्र पानी परेको परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलका अनुसार जनवरी महिनाभरिमा १० दशमलव ४ मिलिमिटर पानी पर्नुपर्ने हो ।

  • ​गुल्मीमा सुन्तला उत्पादन घट्याे

    गुल्मी, माघ २ – गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

  • मौसमविद् भन्छन् : अब चिसो हुँदैन

    काठमाडौं, माघ २ – पुसको अन्तिम साता ह्वात्तै बढेको चिसो माघ महिना लागेसँगै घटेको छ । अधिकतम र न्यूनतम तापक्रममा बृद्धि आएपछि उपत्यका तातो बन्दै गएको छ । उपत्यकामा पुसको अन्तिम साता न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

  • ​विषादीको कारण मौरी मर्न थालेपछि सर्लाहीका मौरीपालक किसान मर्कामा

    सलाही, पुस ३० -तोरीमा लाग्ने लाइकीरा मार्न प्रयोग गरिएको रसायनिक विषादीको प्रयोगबाट सर्लाहीमा धमाधम मौरी मर्न थालेको छ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया