MENU

राजनीति

Ncell Axiata
NIC Asia

​राष्ट्रियसभाको चुनावको मिति तोक्न आयोगको सरकारलाई आग्रह

प्रकाश ढकाल/उज्यालो ।

काठमाडौं, पुस १४ – निर्वाचन आयोगले राष्ट्रियसभा चुनावको मिति तोक्न सरकारलाई आग्रह गरेको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवसहितका आयुक्तहरुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय चुनावको मिति तोक्न आग्रह गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि राष्ट्रियसभा गठनको बाटो खुलेको छ । तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले नयाँ सरकार बनेर मात्र राष्ट्रियसभाको चुनाव हुनु पर्ने अडान राख्दै आएको छन् ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभा गठन गरेर सरकार छाड्ने मनस्थितिमा हुनुहुन्छ । राष्ट्रियसभा सदस्यमा भाग लिने दलहरुलाई दर्ताका लागि १५ दिनको समय दिएर गत बिहीबार सूचना निकालेको थियो ।

योसँगै अब नयाँ सरकार राष्ट्रियसभा गठन अघि कि पछि भन्ने बहस सुरु भएको छ । सरकार र निर्वाचन आयोग राष्ट्रियसभालाई पूर्णता दिएर मात्र नयाँ सरकार बनाउनुपर्ने पक्षमा छन् भने एमाले माओवादी राष्ट्रियसभा भन्दा पहिले नै नयाँ सरकारको पक्षमा उभिएका छन् । 

यदि राष्ट्रियसभा गठनपछि नयाँ सरकार बनाउने हो भने देउवाको सिंहदरबार बसाईं लम्बिने छ । तर वाम गठबन्धन छिटोभन्दा छिटो सत्तारोहण गर्न चाहन्छ । आफ्नो सिंहदरबार प्रवेशमा ढिलो हुने भएकाले एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस नेतृत्वको सरकारले ल्याएको राष्ट्रियसभा गठन सम्बन्धी विधेयक अघि बढाउन सहमत हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया