MENU

राजनीति

Ncell Axiata
NIC Asia

​सांसद बन्न नपाएपछि राजपा पार्टी कार्यालय तोडफोड

काठमाडौं, पुस १४ –समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य नबनाएको भन्दै एक समूहले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको कार्यालयमा तोडफोड गरेका छन् । 

काठमाडौंको बबरमहलमा रहेको राजपाको केन्द्रीय कार्यालयमा तोडफोड भएको हो । मधेशी निजामति कर्मचारी महासंघका अध्यक्ष विनोद सिंहको समूहले कार्यालयमा तोडफोड गरेको राजपाका प्रवक्ता केशव झाले जानकारी दिनुभयो । 

सिंह सरकारी जागिर छाडेर समानुपातिकको उम्मेदवार बन्नु भएको थियो । तर पार्टीले सांसदमा नपठाएपछि आक्रोशित भएर उहाँ र उहाँको समूहले कार्यालयमा तोडफोड गरेको हो । 

मधेशी निजामति कर्मचारी महासंघले प्रयोग गर्दै बबरमहलको घरमा सिंहले नै राजपाको कार्यालय राख्न पहल गर्नुभएको थियो । 

राजापका शीर्ष नेताले समानुपातिकतर्फ आफन्त र आसेपासेलाई समानुपातिकमा राखेको भन्दै यसअघि नै आलोचना हुँदै आएको थियो । 

राजपाले प्रदेश नम्बर २ मा १० तथा प्रदेश नम्बर ५ र ७ मा १–१ सिट पाएको छ । आफूले पाएका १२ सिटमा विजयी हुनेको नाम राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र महेन्द्र राय यादवले निर्वाचन आयोगमा बुझाउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया