MENU

अर्थ

ujyaalo forign call inside

विराटनगरको हाटखोलामा शनिबार एनसेल मेला

काठमाडौं, पुस १४ –एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रत गतिको मोबाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदान गर्न ‘एनसेल मेला २०७४’ शनिबार विराटनगरको हाटखोलामा आयोजना हुँदैछ । 

बिहान ११ बजे सुरु हुने विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण मेलामा दर्शकहरुले विविध सांगीतिक कार्यक्रम तथा गतिविधि र कन्सर्टका मजा लिन सक्नेछन् । मेलामा विभिन्न गेम लगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरजी थिममा आधारित हुनेछन् र दर्शकहरुले चर्चित गायक तथा सांगीतिक समुहहरुको प्रस्तुतिबाट आनन्द लिन सक्नेछन् ।

मेलामा कलाकारहरु शिव परियार, आशिष राना (लाउरे), सांगीतिक समूहहरुमा कबवेभ र द एज व्याण्डले आफ्नो प्रस्तुतिहरु प्रदान गर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनर अप अनिमेश शाहीको पनि मेलामा सहभागिता रहनेछ । 

सबै उमेर समूहका दर्शकहरुलार्ई ध्यानमा राखेर विभिन्न कार्यक्रमहरु समावेश गरिने मेलामा आ–आफ्ना साथीभाइ तथा परिवारका साथ सहभागी भै रमाइलो गर्न कम्पनीले आग्रह गरेको छ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुकासाथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । साँझ ६ः३० बजे सम्म सञ्चालन हुने मेलामा प्रवेश निःशुल्क गरिएको छ ।

आगन्तुकहरुले मेलामा, देशका १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि जानकारी लिनुका साथै विशेष एनसेल फोरजी जोनमा फोरजी इन्टरनेट चलाएर टेष्ट पनि गर्न सक्नेछन् । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्नुकासाथै पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् । 

मेलामा जादु, किडस् जोन र फुड स्टलहरु पनि रहेनछन् । त्यसैगरी, मेलाको अन्य आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् । पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरुले दर्शक तथा आगन्तुकहरुलाई भरपुर मनोरञ्जन प्रदानगर्ने विश्वास लिइएको छ र बालबालिकाहरुले पनि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकर्षक गेम तथा गतिविधीहरुमा घुलमिल भई रमाइलो गर्न सक्नेछन् ।

एनसेलका अनुसार, आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्दै सन् २०१७को बिदाई र नयाँवर्ष २०१८ को स्वागत गर्नका लागि एनसेल मेला सबभन्दा उपयुक्त कार्यक्रम हुनेछ । पोखराबाट सुरु भएको यो मेलापुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजनापश्चात समापन हुनेछ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया