MENU

राजनीति

अबको सरकारलाई काम गर्ने मौका दिनुपर्छ –अध्यक्ष राणा

रमेश गिरी/उज्यालो । 

भक्तपुर, पुस १४ –राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमसेर राणाले अबको सरकारलाई काम गर्ने मौका दिनुपर्ने बताउनु भएको छ । 

शुक्रबार राप्रपा (प्रजातान्त्रिक) भक्तपुरले आयोजना गरेको राप्रपा भक्तपुरका संस्थापक अध्यक्ष एवं जिविस भक्तपुरका पूर्वसभापति स्व. सुरेन्द्रप्रताप शाहको तेश्रो स्मृति सभामा बोल्दै उहाँले जनताले निर्वाचित गरेर पठाएकाहरुलाई काम गर्ने मौका दिनु पर्ने बताउनु भएको हो ।

अध्यक्ष राणाले वाम गठबन्धनले भारी बहुमत ल्याएकाले चर्चा गर्दै अध्यक्ष राणाले भन्नुभयो, ‘भारी बहुमत ल्याएसंगै अब वाम गठबन्धनको काँधमा ठूलो जिम्मेवारी आएको छ, त्यो जिम्मेवारी वाम गठबन्धनले पुरा गर्छन् या गर्दैनन्, गहन रुपमा हामीले हेर्नेछौँ ।’

अब बन्ने वाम गठबन्धनको सरकारले बोलेको कुरा पुरा गर्नुपर्नेमा जोड दिदै उहाँले भन्नुभयो,‘अब वाम गठबन्धनले आफ्नो जिम्मेवारी राम्ररी निर्वाह गर्न सके, मुलुकलाई स्थिरता दिन सके, चुनावमा बोलेका कुराहरु पूरा गर्न सके यो गठबन्धनले पक्कै पनि राम्रै गर्ला ।’

तर वाम गठबन्धनको सरकार बन्नु अघि पहिलो गाँसमै ढुङ्गा लागेको बताउँदै उहाँले भन्नुभयो, ‘वाम गठबन्धनमा अहिले पहिलो गाँस मै ढुङ्गा परेको देखिसकियो, सरकार बनाउने क्रममा विभिन्न कुरामा विवाद, अलमल सुरु भएको हामीले देखेका छौ, यो शुभ संकेत होइन ।’

अब बन्ने वाम गठबन्धनको सरकारले कसरी काम गर्छ, कसरी जनताप्रतिको जिम्मेवारी पूरा गर्छ भन्ने कुरालाई सचेतताका साथ हेरेर बस्ने र जिम्मेवारी पूरा नगरे आफ्नो पार्टी जनताको पक्षमा आवाज उठाउने उहाँले बताउनुभयो ।

उहाँले राप्रपा (प्रजातान्त्रिक) राष्ट्रिय पार्टी बन्न नसके पनि पार्टीको अस्तित्व समाप्त नभएकाले नआत्तिकन पार्टीको जिम्मेवारी पूरा गर्ने तर्फ लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । 

कार्यक्रममा अध्यक्ष राणा, महामन्त्री ध्रुवबहादुर प्रधान, केन्द्रीय प्रवक्ता राजेन्द्र गुरुङ्ग, केन्द्रीय सदस्य रविन्द्रप्रताप शाह, जिल्ला अध्यक्ष रामशरण लामिछानेलगायतले स्वर्गीय सुरेन्द्र प्रताप शाहले पार्टी र देशलाई पुर्याएको योगदान चिरस्थायी रहने बताउनुभयो ।  
 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया