MENU

खेल

Ncell Axiata
NIC Asia

​पद्म कप विद्यालयस्तरीय भलिबल प्रतियोगिता सुरु

रमेश गिरी/उज्यालो ।

भक्तपुर, पुस १४ –भक्तपुर दरबार क्षेत्रमा रहेको श्री पद्म माविको ९४ औं तथा कलेजको ८ औं वार्षिकोत्सवको अवसरमा शुक्रबारदेखि जिल्लाव्यापी पाँचौं पद्म कप भलिबल प्रतियोगिता सुरु भएको छ । 

भलिबल खेलको विकास गर्न तथा विद्यार्थीहरुको स्वास्थ्य तन्दुरुस्त बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लाका सात विद्यालयको सहभागिता रहेको विद्यालयका प्राध्यापक राम हाडाले जानकारी दिनुभयो ।

सहभागी विद्यालयहरुमध्ये आयोजक श्री पद्म, अरनिको माध्यमिक विद्यालय, आदर्श ज्योति(एजे), स्प्रिङ्डेल, सैनिक आवासीय माध्यमिक विद्यालय, विद्यार्थी निकेतन माध्यमिक विद्यालय र ख्वप माध्यमिक विद्यालय रहेकोमा आजको पहिलो खेल आयोजक श्रीपद्य उमावि र अरनिको माविका बीच प्रतिष्पर्धा भएको छ । 

पहिलो, दोस्रो र तेस्रो चरण गरी तीन दिनसम्म लगातार हुने खेलमा समूह (क) मा श्री पद्म माध्यमिक विद्यालय, अरनिको माध्यमिक विद्यालय, एजे इङ्लिस स्कुल र स्प्रिङ्गडेल माध्यमिक विद्यालय रहेका छन् भने समूह (ख) मा सैनिक आवासीय माध्यमिक विद्यालय, ख्वप माध्यमिक विद्यालय र विद्यार्थी निकेतन माध्यमिक विद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया