MENU

मनोरञ्जन

Ncell Axiata

अमिताभ बच्चनले दिए फोहोरमैला सफा गर्नेलाई यस्तो उपहार

पुस १४ –बलिउडका महानायक अमिताभ बच्चनले मुम्बईको वर्सोवा बीच (समुद्री किनार) को सरसफाई गर्ने व्यक्तिहरुको समूहलाई सहयोग स्वरुप फोहरमैला सफा गर्ने मेसिन र ट्रयाक्टर उपहार दिएका छन् । 

उनले ट्वीटरमार्फत सहयोग गरेको फोटोहरु राख्दै भनेका छन् ‘कसैलाई केही कुरा दिनुको खुशीको सबैभन्दा धेरै सुखद् अनुभव भइरहेको छ किनकी मैले एक महान कार्यको लागि यो योगदान दिएको छु ।’सोसल मिडियामार्फत बच्चनका समर्थकहरुले उनको यो कार्यको प्रशंसा गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया