MENU

खेल

ujyaalo forign call inside

राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता : ११ स्वर्णसहित मध्यपश्चिमाञ्चल अग्रस्थानमा

बाँके, पुस १४ –खजुरा गाउँपालिका–२, सीतापुरमा सम्पन्न दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता अन्तरगत शुक्रबार भएको विभिन्न विधाका ७ खेल भएका छन् ।

  

जेभलिन थ्रो खेलमा सुदूरपश्चिमाञ्चलकी मिना धामीले स्वर्ण पदक हात पारिन् । उनले २८ दशमलव ५५ मिटर दुरी थ्रो गर्न सफल भइन् । उक्त खेलमा मध्यपश्चिमाञ्चलकी अनिता चौधरी द्वितीय भइन् । भने पश्चिमाञ्चलकी सुमित्रा थापा तृतीय भइन् । 

शुक्रबार भएको पुरुषतर्फको ५ हजार मिटर दौडमा मध्यपश्चिमाञ्चलका नरेश बुढा प्रथम भए । उनले उक्त दूरी १६ मिनेट ३९ सेकेन्ड ०२ पल्समा पूरा गरे । उनीसँगै प्रतिष्पर्धा गरेका सुदूरपश्चिमाञ्चलका सुनिल सुनारले १६ मिनेट ४२ सेकेन्डमा दूरी पूरा गरी द्वितीय र सुदुरपश्चिमाञ्चलकै विवेक सुनारले १७ मिनेट १२ सेकेन्ड १४ पल्समा दूरी पूरा गरि तृतीय भए । 

महिलातर्फको ५ हजार मिटर दौडमा मध्यमाञ्चलकी राममाया बुढा प्रथम भइन् भने मध्यपश्चिमाञ्चलकै चन्द्रा घर्ती द्वितीय र सुदुरपश्चिमाञ्चलकी रेखा चन्द तृतीय भइन् । प्रथम भएकी बुढाले २० मिनेट ४४ सेकेन्ड ९ पल्समा दूरी पूरा गर्दा द्वितीय भएकी घर्तीले २१ मिनेट ५९ सेकेन्ड ७ पल्समा दूरी पूरा गर्न सफल भइन् । 

त्यसैगरी पुरुष त्रिपल जम्पतर्फ मध्यमाञ्चलका भुवन महतो प्रथम, मध्यपश्चिमाञ्चलका सुशील केसी द्वितीय र पश्चिमाञ्चलका प्रकाश थापा तृतीय भए । महिला त्रिपल जम्पतर्फ मध्यपश्चिमाञ्चलकी पूजा चौधरी प्रथम, मध्यमाञ्चलकी सन्जिया खातुन द्वितीय र मध्यमाञ्चलकै अनुषा राउत तृतीय भइन् । 

पुरुष ज्याभलिन थ्रोतर्फको खेलमा सुदूरपश्चिमाञ्चलका रमेश पोख्रेल प्रथम, पूर्वाञ्चलका सन्तराम माझी द्वितीय र पश्चिमाञ्चलका आदर्श शाही तृतीय भए । 

महिला ४०० मिटर दौडमा मध्यपश्चिमाञ्चलकी जयरानी थारु प्रथम, पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ द्वितीय र मध्यमाञ्चलकी रञ्जिता गौरो थारु तृतीय भइन् । 

पुरुष ४०० रिल डौडमा मध्यमाञ्चलका आषिश खत्री प्रथम, मध्यपश्चिमाञ्चलका राकेश थारु द्वितीय र पश्चिमाञ्चलका पूर्ण बहादुर आले तेस्रो भए ।     

प्रतियोगितामा महिलातर्फ मध्यपश्चिमाञ्चकी जयरानी थारु र मध्यमाञ्चलका भुवन महतो बेष्ट प्लेयर घोषणा भएका छन् ।  

स्वर्ण पदकः 

मध्यपश्चिमाञ्चलः ११
सुदूरपश्चिमाञ्चः ३
पश्चिमाञ्चलः ३
मध्यमाञ्चलः ५
पूर्वाञ्चलः ०  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया