MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

न्युर्योक सिटीको अपार्टमेन्ट : कुकरसँग खेल्दै गरेका तीनवर्षे बालकका कारण आगलागी

पुस १५ – अमेरिकाको न्युर्योक सिटीको ब्रोन्क्समा रहेको एक अपार्टमेन्टमा १२ जनाको ज्यान जाने गरी भएको आगलागी कुकरसँग खेल्दै गरेका बच्चाका कारण भएको अनुसन्धानकर्ताले बताएका छन् । कुकरसँग खेल्दै गरेको तीन वर्षको बच्चाले गल्तीले आगो बालेको र त्यसपछि आगलागी भएको न्युर्योक सिटीका अग्नियन्त्रण विभागका कमिसनर ड्यानिएल निग्रोले बताउनुभयो । आगलागी भएपछि बच्चाकी आमा आफ्ना दुई सन्तानसहित बाहिर निस्कने क्रममा ढोका खुल्लै राखेकाले अपार्टमेन्टको हलवे हुँदै आगो फैलिएको उहाँले बताउनुभयो ।

हलवेबाट अपार्टमेन्टभरि आगो फैलिएको र भर्‍याङ भएको क्षेत्रले चिम्नीको जस्तै काम गरेको अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार बिहीबार बेलुका लागेको आगोगका कारण चार बालबालिकासहित १२ जनाको ज्यान गएको हो ।

यो पछिल्लो २५ वर्षमा न्युर्योक सिटीमा भएको ठूलो आगलागी रहेको मेयर बिल डि ब्लासिओले बताउनुभयो । ज्यान गुमाउनेमा एक, दुई र सात वर्षका बालिका तथा एक बालक र अरु वयस्क रहेका छन् । एक सय ७० जना भन्दा बढी अग्निनियन्त्रकले आगो नियन्त्रणमा लिएका छन् । घटनास्थलबाट ३० जना भन्दा बढीको उद्धार गरिएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया