MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

जसले हात्तीलाई उचालेर काँधमा बोके

पुस १५ – हात्तीको बच्चालाई काँधमा बाकेर उद्धार गर्ने भारतको दक्षिणी क्षेत्रका एक वन रक्षक अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएका छन् । नालीमा खसेर आमासँग बिछोडिएको हात्तीको बच्चा (छावा) लाई काँधमा बोकेर उद्धार गर्ने तमिलनाडुका २८ वर्षे पलानीजामी सरतकुमारलाई अहिले देश तथा विदेशबाट बधाई र शुभकामना सन्देश आएका छन् । गएको सप्ताहन्तमा उनले हात्तीको छावालाई काँधमा बोकेर उद्धार गरेको खबर आएपछि उनी चर्चित भएका हुन् ।

स्थानीय टेलिभिजन तथा सामाजिक सञ्जालमो छावा उचाल्दै गरेको भिडियो प्रशारण तथा सार्वजनिक भएपछि आफूलाई धेरैले बधाई दिएका उनले बताएका छन् । धेरैले आफू भन्दा गह्रुंगो हात्ती कसरी उचाल्यौ भनेर सोध्ने गरेको उनले बताएका छन् ।

उनले बिबिसीसँग भने ‘छावा निकै गह्रुंगो थियो । तर त्यसबेला उचाल्न सकेँ । यसमा साथीहरुले सहयोग गरे ।’

हात्तीको छावा उचाल्दा सन्तुलन गुमाउँछु कि भन्ने डर लागेको तर आफूले उचाल्न सकेको उनको भनाई छ ।

हात्तीको छावाको उद्धार डिसेम्बर १२ मा भएको हो । छावालाई उद्धार गरेर आमाको साथमा पठाइएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • रेन्बो ट्राउट उत्पादन केन्द्र बनाइने

    खोटाङ, माघ ४ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले रेन्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउने तयारी गरेको छ ।

  • हिउँदे वर्षा नहुँदा प्रदुषण बढ्यो

    काठमाडौं, माघ ४ – हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदुषण बढेको छ । मंसिर १५ देखि अहिलेसम्म काठमाडौंमा जम्मा शून्य दशमलव १ मिलिमिटर मात्र पानी परेको परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलका अनुसार जनवरी महिनाभरिमा १० दशमलव ४ मिलिमिटर पानी पर्नुपर्ने हो ।

  • ​गुल्मीमा सुन्तला उत्पादन घट्याे

    गुल्मी, माघ २ – गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

  • मौसमविद् भन्छन् : अब चिसो हुँदैन

    काठमाडौं, माघ २ – पुसको अन्तिम साता ह्वात्तै बढेको चिसो माघ महिना लागेसँगै घटेको छ । अधिकतम र न्यूनतम तापक्रममा बृद्धि आएपछि उपत्यका तातो बन्दै गएको छ । उपत्यकामा पुसको अन्तिम साता न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

  • ​विषादीको कारण मौरी मर्न थालेपछि सर्लाहीका मौरीपालक किसान मर्कामा

    सलाही, पुस ३० -तोरीमा लाग्ने लाइकीरा मार्न प्रयोग गरिएको रसायनिक विषादीको प्रयोगबाट सर्लाहीमा धमाधम मौरी मर्न थालेको छ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया