MENU

समाज

ujyaalo forign call inside

मकवानपुरका दुई भूकम्प प्रभावितले पहिलो किस्ताको रकम फिर्ता गरे

काठमाडौं, पुस १५ – मकवानपुरमा निजी आवास निर्माणको अनुदान पाउने सूचिमा नाम भए पनि घर पुनर्निर्माण गर्न अनुदान आवश्यक नभएको भन्दै दुईजनाले पहिलो किस्ता बापत लिएको ५० हजार रुपैयाँ फिर्ता गरेका छन् ।

इन्द्रसरोबर गाउँपालिका–२ का रामशरण भुलुन र हेटौंडा नगरपालिका–८ का तुलाबहादुर लामाले पहिलो किस्ताको रकम सरकारी खातामै फिर्ता गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले रकम फिर्ता गरेकामा भुलुन र लामालाई धन्यवाद दिँदै दुवैको नाम लाभग्राही सूचिबाट हटाउने निर्णय गरेको छ ।

कार्यकारी समितिले विगतमा आवश्यक नपर्दा पनि लाभग्राही सूचिमा नाम राखेका व्यक्तिलाई रकम फिर्ता गर्न अनुरोध पनि गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।

प्राधिकरणले बस्न योग्य घर भएका वा अन्यत्र घर भएका व्यक्तिले लाभग्राही सूचिमा आफ्नो नाम पारेको भए सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी रकम फिर्ता गरेर सूचिबाट हटाउन यसअघि नै सूचना प्रकाशित गरी अनुरोध गरिसकेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया