MENU

राजनीति

चुनावी प्रक्रिया छोडेर सरकारबाट बाहिरिन मिल्दैन : सिंह

काठमाडौं, पुस १५ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रियसभा गठन पछि मात्र कांग्रेसले सरकार छाड्ने बताउनुभएको छ । काठमाडौंको आलोकनगरमा भएकोे एक कार्यक्रममा बोल्दै उहाँले सरकारले चुनावसँग सम्बन्धित सबै काम सकेर मात्र सत्ता हस्तान्तरण गर्ने बताउनुभएको हो । 

सरकारले पाएका जिम्मेवारी बिचमै छोडेर सरकार बाहिरिन नमिल्ने उहाँको भनाई छ । वाम गठबन्धनका नेताहरुले कांग्रेसले सरकार छोडेन भनेर अनावश्यक हल्ला गरिरहेको दाबी गर्दै उहाँले सरकारले राष्ट्रियसभा गठनको काम बिचमै छोड्न निमल्ने र आफ्नो दायित्व पूरा गरेपछि सत्तामा बसिनरहने स्पष्ट पार्नुभयो । नागरिकको मतलाई शिरोधार्य गर्दै कांग्रेस अब प्रतिपक्षमा बस्ने पनि नेता सिंहले बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया