MENU

समाज

Ncell Axiata
NIC Asia

​ओमानमा नेपालीका लागि निःशुल्क स्वास्थ्य शिविर

ओमान , पुस १५ – ओमानमा कार्यरत नेपाली महिलाहरुलाई लक्षित गर्दै एक दिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको छ ।

 नेपाल र ओमनबिच कुटनीतिक सम्बन्ध स्थापित भएको ४० वर्ष पुगेको अवसरमा नेपाली दूतावास ओमानले शुक्रबार कुरम गार्डेनमा आयोजना गरेको स्वास्थ्य शिविरमा ७५ जना नेपाली महिला तथा ४० जना पुरुषले स्वास्थ्य परिक्षण गरेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले उज्यालोलाई जानकारी दिनुभयो । 

ओमान क्यान्सर एसोशियसन, बरखत अलनुर क्लिनिक तथा अलहसार फार्मेसीको सहयोगमा विशेषज्ञले स्वास्थ्य परिक्षण गरेका थिए । नेपाली महिलाहरुमा स्तन क्यान्सरको समस्या धेरै भएको र त्यसको नीयमित परिक्षण गर्नु आवश्यक भएकोले ओमानमा कार्यरत महिलाहरुका लागी दुतावासले यस वर्षको पहिलो कार्यक्रममै स्वास्थ्य शिविर राखेको हो । ओमनमा झन्डै ५ हजार महिला कामदार कार्यरत छन् ।

ओमन क्यान्सार एसोशियनका अध्यक्ष डाक्टर वाहिद अलि अल खरुसीले शिविरमा स्वास्थ्य परिक्षण गराएका महिलाहरुलाई एसोसीएसनले आगामी दिनमा स्तन परिक्षण तथा उल्ट्रासाउण्ड लगायत बिभिन्न सुविधा निशुल्क उपलब्ध गराउने घोषणा गर्नुभयो ।    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया