MENU

राजनीति

ujyaalo forign call inside

कांग्रेसको मुहान नै सफा छैन : नेता केसी

रमेश गिरी / उज्यालो ।

भक्तपुर, पुस १५ –नेपाली कांगे्रसका नेता एवं पूर्वमन्त्री बलबहादुर केसीले पार्टीको सुधार नेतृत्व तहबाटै सुरु गर्नुपर्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति संघ जिल्ला कार्य समिति भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको राष्ट्रिय मेलमिलाप दिवस विषयक विचार गोष्ठीमा बोल्दै नेता केसीले पार्टीको नेतृत्व तहले नीति र संगठनबीच समन्वय गर्न नसक्दा पार्टी कमजोर भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कांगे्रसलाई बलियो बनाउने हो भने अब पार्टीको मुहान सफा गर्नु पर्छ, मुहानै फोहोर भएपछि चुहान कहाँबाट सफा हुन्छ र त्यसका लागि कांग्रेसका नेता कार्यकर्ता तयार हुनुपर्छ र यसलाई देशैभर अभियानकै रुपमा लैजानुपर्छ नत्र पार्टीको भबिष्य छैन ।’ पार्टी नेतृत्वले विधानबमोजिम काम नगरेको भन्दै उहाँले त्यही विधानबाट सभापति बन्ने अनि विधानबमोजिम काम नगर्नु दुःखद भएको बताउनुभयो ।

नेतृत्वको भागबण्डा विवादले पार्टी हालै सम्पन्न निर्वाचनका क्रममा कमजोर देखिएको बताउँदै विगतमा कांग्रेसले माओवादी केन्द्रसँग सहकार्य गर्दा यो परिणाम आएको बताउनुभयो ।

कांग्रेसका लागि अब कार्यकर्ता जोगाउने चुनौति आएको बताउँदै उहाँले कांग्रेसलाई जनताले मन पराए पनि कांग्रेसको कार्यशैली र नेतालाई जनताले मन नपराएको निर्वाचन परिणामले औंल्याएको उल्लेख गर्नुभयो । नेता केसीले कांग्रेसले वाम गठबन्धन तोड्ने र सत्तामा जाने मुर्खता गर्न नहुने बताउँदै जनादेश बमोजिम वाम गठबन्धनका लागि सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेलाई राष्ट्रियसभा गठन अध्यादेशमै पहिलो झड्का लागेको बताउँदै उहाँले भने अनुसार संक्रमणको अन्त्य गरी जनहितमा काम गर्न सजिलो नरहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा कानुन राज्यमन्त्री दिलमान पाख्रिनले समय अनुसार पार्टीलाई परिवर्तन गर्नुपर्ने बताउँदै देश नयाँ संरचनामा गए पनि पार्टी पुरानै संरचनामा चल्दा समस्या आएको र अब पार्टीलाई क्याडर बेसमा लैजानुपर्नेमा जोड दिनुभयो ।

लोकतन्त्र र प्रजातन्त्रको हिमायती नेपाली कांग्रेस भएको बताउँदै समानुपातिकतर्फको निर्वाचन परिणामले कांग्रेको शिर उँचो बनाएको बताउनुभयो । राज्यमन्त्री पाख्रिनले कांग्रेसले बीपीको विचार बोक्न नसक्दा पार्टी र सिंगो देश अहिलेको अवस्थामा पुगेको बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया