MENU

खेल

शरद भेषावकरले भने : छिटो जित्न खोज्दा उपाधि नै गुम्यो

काठमाडौं, पुस १५ –अत्यन्तै रोमाञ्चक खेलमा इपिएलको उपाधि विराटनगर वारियर्सले जित्यो । 

आफ्नो हातबाट फुस्किसकेको खेल फेरि हातमा लिएर उपाधि जित्न सफल भएको विराटनगर निकै हौसिएको छ । तर अन्तिम समय सम्हालिन नसक्दा जित्नै आँटेको खेल पनि गुमाउनुपर्दा भैरहवाका खेलाडी निकै दुखी बने ।

खेलपछि भएको पत्रकार सम्मेलनमा भैरहवाका कप्तान शरद भेषावकरले आफ्नो टिममा धेरै युवा खेलाडी रहेको  र उनीहरुले आत्तिएर खेल्दा खेल गुमेको प्रतिक्रिया दिए । खेलाडीले जिम्मेवारीबोध नगरेर खेल्दा टिमले हारेको पनि शरदले संकेत गरे । 

‘हामीसँग अलि धेरै युवा खेलाडी छन्, उनीहरु निकै आत्तिए, हिजोअस्तीको जस्तो खेल देखाउन सकेनन्’ शरदले निराश हुँदै भने,‘हामीलाई खासै प्रेसर थिएन तर जब विकेट जान थाल्यो केटाहरु अलि धेरै आत्तिए, तर युवा छन् अब सिक्दै जालान ।’

आफ्नो हातमा भएको खेल उनीहरु (विराटनगर) ले राम्रो पुनरागमन गरेको पनि  शरदले बताए । तर पनि खेलाडीहरुले प्रतियोगिता अवधिभर राम्रो खेलेकैले भैरहवा फाइनलमा पुगेको भन्दै भेषावकरले प्रशंसा गरे । 
शनिबार भएको रोमाञ्चक खेलमा भैरहवालाई १ रनले हराउँदै विराटनगरले उपाधिसहित २१ लाख रुपैयाँ पुरस्कार जितेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया