MENU

राजनीति

कमल थापाले नेपालगञ्ज पुगेर पूर्व राजालाई भेटे

बाँके, पुस १५ –उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले शनिबार पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटघाट गर्नुभएको छ ।

नेपालगञ्जको सोल्टी होटलमा सपरिवार रहनुभएका पूर्व राजा शाहसँग शनिबार थापाले भेटघाट गर्नुभएको हो ।  आफू पार्टीको कार्यक्रममा नेपालगञ्ज आउँदा पूर्व राजा पनि यहीँ भएको थाहा पाएपछि शिष्टाचार भेट गरेको अध्यक्ष थापाले बताउनुभयो ।  पूर्व राजा दुईसाता लामो भ्रमणका लागि बिहीबारदेखि नेपालगञ्जमा रहनुभएको छ ।

पूर्व राजासँग भेटेपछि शनिबार नै नेपालगञ्जमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले पूर्व राजाको पश्चिम भ्रमण होटल उद्घाटन र धार्मिक मात्रै भएको र राजनीतिक उद्देश्य नभएको दावी गर्नुभयो । अध्यक्ष थापाले भन्नुभयो,  ‘राजनीतिक अर्थ राख्ने खालको कुनै छलफल भएन ।’

यसैबीच पत्रकार भेटघाटमा राप्रपाका अध्यक्ष थापाले  नयाँ सरकार गठनका लागि अब वैधानिक राजनीतिक अवरोध नभएको बताउनुभयो । सोमबार बस्ने मन्त्रीपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन मिति तोक्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । यस्तै, प्रदेश प्रमुख र प्रदेशका राजधानी पनि छिट्टै तोकिने उहाँले बताउनुभयो । सहमतीका आधारमा काम गर्ने उहाँको भनाई छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ सरकारलाई सत्ता हस्तान्तरणका लागि राजनीतिक र मानसिक रुपमा आतुर भएको उपप्रधानमन्त्री थापाले बताउनुभयो । उहाँले राप्रपालाई ग्रहदशा लागेको बताउँदै अब सडकबाटै हिन्दु धर्म र राजसंस्थाको एजेण्डा उठाउने बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया