MENU

खेल

Ncell Axiata

पारस खड्का भन्छन् : एक ओभरमा ३६ रन दिए पनि अंशुमनलाई दोष लगाउने ठाउँ छैन्

काठमाडौं, पुस १५ –नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगर बारियर्सले प्रतियोगितामा अपराजित रहँदै इपिएलको उपाधि चुम्यो ।

प्रतियोगिता अवधिभर ७ वटा खेल खेलेको विराटनगरले ७ वटै खेल जित्यो । विराटनगरका हरेकजसो खेलमा हङकङका खेलाडी बाबर हायत र अंशुमन रथ नायक बने । प्रतियोगितामा सर्वाधिक रन लिने खेलाडीको सूचिमा पनि बाबर र अंशुमन नै छन् । बाबरले ३ सय १३ र अंशुमनले २ सय ७१ रन बनाएका छन् । बिहीबारको खेलमा पनि अंशुमनले सर्वाधिक  ४१ रन बनाए । 

१ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवालाई विराटनगरले केही दबाबमा राखेको थियो । तर भैरहवा त्यो बेलादेखि बलियो भयो, जब विराटनगरका खेलाडी अंशुमन रथले एकै ओभरमा ३६ रन दिए । आठौं ओभरमा बलिङमा आएका रथले भैरहवालाई एकै ओभरमा ३६ रन दिएपछि खेलमा भैरहवाको पोल्टा भारी भएको थियो । अंशुमनको बलिङमा ४ छक्का, १ चौकाका साथै दुई बल वाइड र ३ बल नोबल भएको थियो । 

धेरैले अंशुमन रथको बलिङको आलोचना पनि गरे । तर अन्त्यमा खेल विराटनगरले जित्यो । विराटनगरको जितमा सबैभन्दा खुसी  अंशुमन नै देखिन्थे । 

जितपछि विराटनगरका कप्तान पारसले अंशुमनलाई गाली र आलोचना गर्नुपर्ने कारण नभएको बताएका छन् । उनले प्रतियोगिता अवधिभर निकै राम्रो खेलेकोमा प्रशंसा पनि गरे । 

‘क्रिकेट यस्तै खेल हो, प्रतियोगिता अवधिभर राम्रो खेलेर उस्ले हामीलाइ यहाँसम्म ल्यायो, तर आज केही चिप्लियो, तर क्रिकेटरको जिवनमा यस्तो क्षणहरु आउछ, मैले पनि अन्तर्राष्ट्रिय खेलमा  २४/२५ रन खाएको छु,  तर हामी शान्त रहनुपर्छ, उसलाई दोष लगाउने ठाउँ म देख्दिन ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया